मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

आपेन्द्र बस्नेत, 
दाङ असार २८ । दाङको कर्णाली भनेर चिनिने पुरन्धारा गाविस–१ सुन्दरखालमा बसोबास गर्नेे प्रायःजसो स्थानीयको गोठमा बाख्रा पालेको देख्न सकिन्छ । हृष्टपुष्ट भएका बोका, बाख्रा नपालेको घर बिरलै पाइन्छ । एलजिसिडिपीले बाख्रापालनमा आर्थिक सहयोग गरेपछि किसानहरु परम्परागत गोठको सट्टा व्यवसायिक गोठमा बाख्रा पाल्न थालेका छन् ।

घरको अन्य कामकाजसँगै बाख्रा पनि सहज रुपमा पाल्न सकिने भएपछि पछिल्लो समय स्थानीयहरु बाख्रापालनतर्फ आकर्षित हुन थालेका हुन् । उनीहरुको आयाआर्जनमा पनि बृद्धि भएको छ । एलजिसिडिपीले स्थानीय हावपानीसँग उपयुक्त हुने खालका उन्नत जातका बाख्रापालनका लागि ५ जना कृषकलाई ६० हजार सहयोेग गरेको छ ।

सिजनमा धान, मकै, गहुँ लगाउँदा वर्षभरि खान पुग्ने मात्र भएकोमा अहिले त खसीबाख्रा पालेपछि छोराछोरीलाई पढाउन लेखाउन तथा घर खर्च चलाउन सहज भएको नागरिक सचेतना केन्द्रका सदस्य कुलबहादुर रानाले बताउनुभयो । सुरुमा दुईवटा गाविना बाख्रा ल्याउनुभएका रानाको घरमा अहिले ६ वटा खसी र बाख्रा छन् । २०७१ सालबाट पाल्न सुरु गरेका रानाले ३६ हजारमा दुई वटा खसी बेचेर पनि अहिले कम्तिमा माउ पाठा गरेर ६० हजार मुल्य बराबरको सम्पत्ती रहेको बताउनुभयो ।
\
राना त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँजस्तै सुन्तली विकको जीवन पनि बाख्रालपालनले फेरिदिएको छ । घरमा कमाइकजाई गर्ने श्रीमानको काम गर्ने क्रममा ९ वर्षअघि पोखरामा मत्यु भएपछि बेसाहारा जस्तै बन्नुभएकी सुन्तलीको सहयोगी अहिले बाख्रा भएका छन् । दिनभरि अर्काको काम गरे पनि राम्रोसँग खाना लाउन, नपुग्ने सुन्तलीलाई अहिले बाख्रापालनले चाहेको बेलामा मिठो चोखो खान पुगेको छ । ‘गाउँघरमा दैनिक ज्यालदारी कामकाज भेटिदैन, एक दिन ग¥यो आठ दशदिन बस्यो । त्यसले के खान पुग्छ ?,’ प्रति प्रश्न गर्दै सुन्तलीले भन्नुभयो, ‘गाविनो बाख्रा किन्न एल.जी.सी.डि.पीले १२ हजार पैँसा दिएपछि अहिले त सजिलो भएको छ ।’

दिनभरि नजिकको वनमा बाख्रा चराउने आउँदा घाँसपात पनि उतैबाट ल्याउने भएकाले घाँसका लागि समस्या नपर्ने उहाँले बताइनुभयो । केहि समयअघि ३२ हजारका दुई वटा खसी बेचेको बताउने सुन्तलीले अबको ५ महिनापछि दुईवटा खसी पनि बिक्री गर्ने तयारीमा रहेको बताउनुभयो । सुन्तलीका अनुसार बाख्रापालन व्यवसाय फष्टाउन थालेपछि गाउँका अन्य किसानहरुले पनि पाठा लगेर पाल्न थालेका छन् । ‘मीठोचोखोे, चुरा टीकुली, लत्ताकपडा किनीदिने श्रीमान सधैँका लागि गएपछि वेसाहारा जस्तै बनेकी थिएँ । अहिले बाख्रा किनिदिएपछि कमाइकजाई गर्ने यिनै बाख्रा हुन् । यिनैको भरमा बाँचेकी छु’, उहाँले भन्नुभयो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post