नवीन अभिलाषी,
दाङ असार ३१ । पछिल्लो समय पारिवारीक संरचना टुक्रिदै जाने क्रम बढेको छ । सम्बन्ध विच्छेदका लागि भन्दै अदालतमा मुद्धाहरु दर्ता हुने क्रम प्रत्येक वर्ष बढ्दै गएपछि समाजको पारिवारीक संरचना धरासायी हुँदै गएको छ ।
केहि वर्षदेखि सम्बन्ध बिच्छेदका मुद्धाहरु दर्ता हुने क्रमले खतरनाक रुप लिँदै गएको अदालतको तथ्यांक छ । दाङ देउखुरी जिल्ला अदालतका अनुसार २०७३ असारको अन्त्यसम्म करिव ४० प्रतिशत सम्बन्ध विच्छेदका मुद्धाहरु दर्ता भएका छन् । दैनिक २÷३ वटा मुद्धा दर्ता हुने गरेको अदालतका श्रेस्तेदार गम्भीर राना मगरले बताउनुभयो । सम्बन्ध बिच्छेदका लागि आउनेहरुमध्ये ५० प्रतिशत २० वर्षमुनि उमेरका रहेको अदालतको भनाइ छ । सानै उमेर विवाह गर्ने र विभिन्न कारणहरु देखाउँदै सम्बन्ध बिच्देदतिर जाने गरेको पाइएको दाङ देउखुरी अदालतका न्यायाधीश बलभद्र बास्तोलाले बताउनुभयो । ‘नेपाली कानुनले २० वर्षसम्म विवाह गर्न नपाइने भनेर उल्लेख गरेको छ’, न्यायाधीश बास्तोलाले भन्नुभयो, ‘तर २० वर्षमुनिका धेरैजसो जोडीहरु दुई चारवटा सन्तान लिएर सम्बन्ध बिच्छेद गर्न आउँछन् ।’
अहिले सम्बन्ध बिच्छेद गर्नेहरुमध्ये ५० प्रतिशतले प्रेम विवाह गरेको पाइएको छ । बैदेशिक रोजगार, अन्तर्जातीय विवाह, आर्थिक असमानता, महिलाहरुका लागि कानुनी सहजताका कारणले सम्बन्ध बिच्छेद गर्न जोडी अदालतको ढोकासम्म पुग्ने गरेका छन् । कारणहरु जे भए पनि श्रीमान श्रीमतीले व्यक्तिगत स्वतन्त्रता खोज्दा परिवार टुक्रा–टुक्रामा विभाजन भएको छ । यसको असर प्रत्यक्ष रुपमा बालबालिकाहरुमा परेको अदालतका बाल मनोविज्ञ माधवप्रसाद गौतमले बताउनुभयो ।
बालबालिकाहरुको मनोविज्ञानमा नकारात्मक असार पर्नुको साथै उनीहरुलाई भोलिका दिनहरुमा अभिभावकत्वको अभाव, शिक्षा, स्वास्थ्य र उनीहरुको विकासमा बाधा उत्पन्न हुने र उनीहरु गलत वातावरणमा हुर्किने खतरा रहेको मनोविज्ञ गौतमले बताउनुभयो । पारिवारिक बेमेलका साना–साना घटनाहरुले पनि दम्पत्तीहरुलाई सम्बन्ध बिच्छेदसम्म पु¥याउँदा बालबालिकाहरुको भविष्य खतरामा परेको उहाँको भनाइ छ । ‘आफ्नो सन्तान भन्दा पनि आफ्नो व्यक्तिगत स्वतन्त्रताको पक्षमा दम्पत्तीहरु रहेको देखिन्छ’, गौतमले बताउनुभयो, ‘यसले बालबालिकाहरुको अवस्था हाम्रो समाजमा क्रमशः कमजोर हुँदै जाने देखिन्छ ।’