मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी,
दाङ असार ३१ । पव्लिक ज्ञानज्योति उच्च माध्यामिक विद्यालयको आयोजनामा अभिमुखीकरण कार्यक्रम बिहीबारदेखि तुलसीपुरमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने सहभागीले अनुशासन र लगनशिलताले नै विद्यार्थीलाई सफलतामा पु¥याउने बताएका थिए ।

विद्यालयका प्राचार्य सुरेन्द्र जिसीको अध्यक्षता एवं उच्च माध्यमिक परिषद दाङका प्रमुख रामजनम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै जिसीले विद्यार्थीहरुको भविष्य कोर्ने बाटोको प्रारम्भ भएको भन्दै अनुसासन र परिश्रमले सफलता हासिल हुने बताउनुभयो । उहाँले विद्यार्थीहरुले आपूmले आपूmलाई नियन्त्रण गर्नसके सफलता हासिल हुने बताउनुभयो ।

सो अवसरमा शिक्षाप्रेमी माधवप्रसाद लामिछाने, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक निमबहादुर सापकोटा, राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरका सहायक क्याम्पस प्रमुख जीवराज खरेल, विद्यालयका प्राध्यापकद्वय जीतेन्द्र विक, होमराज देवकोटालगायतले बोल्नुभएको थियो । कार्यक्रमा विद्यार्थीहरुले नृत्य प्रस्तु गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्राध्यापक वसन्त विवस आचार्यले गर्नुभएको थियो । अभिमुखीकरण तीन दिनसम्म सञ्चालन हुनेछ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post