मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार २९  ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बजेटसमेत फेल गराउने चेतावनी दिएपछि मुलुकमा नयाँ संकट उत्पन्न हुने सम्भावना बढेको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने धारणा सत्तारुढ दलका शीर्ष नेताहरूसँगको बैठकमा राखेलगत्तै माओवादीले राजीनामा नदिए बजेट पास हुन फेल गराउने र अविश्वास प्रस्ताव लैजाने चेतावनी दिएपछि वार्षिक बजेट पारित हुने अन्तिम समयमा संकट उब्जिएको हो ।

जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेश गरेको वार्षिक बजेटका आधारमा सरकारले सदनमा पेश गरेको मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफल सकेर सदनले पारित समेत गरेको छ ।

त्यसलगत्तै राष्ट्र ऋण उठाउने विधेयकसँगै राजस्व संकलनको विधेयक बुधबारको बैठकले पारित गरेपछि सरकारको बजेट पारित हुने कार्यक्रम रहेको थियो । तर, दलहरूबीच उत्पन्न पछिल्लो मतभेदका कारण माओवादीले लिएको निर्णयले यी दुई विधेयक सदनमा फेल हुने सम्भावना रहेको छ।

यस परिस्थितिमा सरकारले मन्त्रालयगत खर्च गर्न पाउने विधेयक पारित भए पनि त्यसका लागि स्रोतको रुपमा रहेको राष्ट्र ऋण उठाउने विधेयकसँगै राजस्व संकलनका लागि पेश भएको विधेयक पारित नहुँदा आगामी साउन १ गतेदेखि राज्य सञ्चालनमा असहज परिस्थिति उत्पन्न हुन सक्ने संसद सचिवालयका एक अधिकारीले बताए ।


Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post