मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, असार ३० । अल्पमतमा परेको प्रधानन्त्री केपी शर्मा ओली नेतृत्कको सरकारलाइै बजेट पास गर्न दिने नदिनेबारे माओवादी नेताहरुका फरक धारणा सार्वजनिक भएका छन् ।

बुधबार विहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको हेडक्वाटर बैठकले प्रधानमन्त्री ओलीले राजनीनामा नदिए बजेट पास गर्न नदिने निर्णय गरेको थियो । सोही अनुसार, पार्टी प्रवकता पम्फा भुसालले सार्वजनिकरुपमा पार्टीको निर्णयबारे धारणा सार्वजनिक गरिन । पार्टी प्रवक्ता भुसालको अभिव्यक्ति सार्वजनिक भएको केही समयपछि नै माओवादीकै तर्फबाट शिक्षामन्त्री रहेका मन्त्री गिरिराजमणी पोखरेललाई उद्दृत गर्दै बजेट पारित गर्न कुनै बाधा नपुर्याउने समाचार सार्वजनिक भयो । पार्टी प्रवक्ताको एउटा भनाई र अर्का शीर्ष नेताको अर्को भनाई आएपछि आएको हो ।

मन्त्री पोखरेलले यसअघि पार्टीको बैठकमा सरकार छोड्नुपर्छ भन्ने निर्णयको विपक्षमा मत दिएका थिए । उनी नारायणकाजी श्रेष्ठ प्रकाश निकट हुन । प्रकाशले सरकार बहिर्गमनको निर्णयबारे आफूले मिडियाबाट थाहा पाएको अभिव्यक्ति मंगलबार दिएका थिए ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले भने पार्टीको आधिकारीक धारणा राजीनामा दिएमात्रै बजेट पारित गर्न दिने भन्दै महराले भने, “बजेट पास गर्नुभन्दा पहिला प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो नी, राजीनामा नदिइ बजेट पास गर्न दिने कुरै भएन ।’

माओवादी केन्द्रले प्रधानमन्त्रीलाई दबाब दिन यो निर्णय गरेको बुझिन्छ । बजेट पारित हुन नसके यसले अर्को संकट निम्त्याउने भएकोले ओलीले राजीनामा दिन दबाब बढेको हो । माओवादी केन्द्रले मंगलबार ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परेको छ । आज बस्ने ब्यबस्थापिक संसद बैठकमा माओवादी र नेपाली कांग्रेसले सरकार विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको छ । अहिले उनीहरुले हस्ताक्षर सुरु गरिरहेका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post