दाङ, असार ३० । ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच पुर्याउन सहयोग गरेको भन्दै दाङको सौडियार गाविसस्तरीय सामुदायिक अध्ययन केन्द्र पुरस्कृत भएको छ । जिल्ला शिक्षा कार्यालय दाङले समुदायमा शिक्षाको पहुँच पुर्याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै दाङका तीन दर्जन सामुदायिक अध्ययन केन्द्रहरुमध्येबाट सौडियार–७ सौडियारस्थित सौडियारको सामुदायिक अध्ययन केन्द्रलाई पुरस्कृत गरेको हो ।
शिक्षा कार्यालयले उत्कृष्ट सामुदायिक अध्ययन केन्द्ररुपमा पुरस्कृत गर्दै प्रोत्साहनस्वरुप ५० हजार रुपैया प्रदान गरेको छ । हरेक वर्ष जिल्लामा विभिन्न सामुदायिक अध्ययन केन्द्रहरुले गरीरहेको कार्य सम्पादन, विविध गतिविधिलाई आधार बनाएर उत्कृष्ट सामुदायिक अध्ययन केन्द्रकारुपमा शिक्षा कार्यालय दाङले पुरस्कृत गर्दै आएको छ । सामुदायिक अध्ययन केन्द्रले गर्ने कार्य सम्पादन, वार्षिक गतिविधि तथा अन्य रचनात्मक तथा सिर्जनात्मक कार्यहरु गरेवाफत् यसवर्ष सौडियारको सामुदायिक अध्ययन केन्द्रलाई उत्कृष्ट सामुदायिक अध्ययन केन्द्रकारुपमा पुरष्कृत गरिएको सहायक जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले बताउनुभयो ।
जिल्लाभरिका सामुदायिक अध्ययन केन्द्रहरुमा दोस्रो स्थान हासिल गरेको सौडियार सामुदायिक अध्ययन केन्द्रले कार्यालयबाट सामुदायिक अध्ययन केन्द्र सुदृढिकरण कार्यक्रमअन्तर्गत प्रोत्साहक स्वरुप प्राप्त गरेको पुरस्कार सुचना केन्द्र र पुस्तकालय व्यवस्थापनमा खर्च गर्नुपर्ने सहायक जिल्ला शिक्षा अधिकारी रेग्मीले बताउनुभयो ।
त्यस्तै मानपुर सामुदायिक अध्ययन केन्द्र मध्यपश्चिम क्षेत्रमा तेस्रो स्थान हासिल गरेको छ । मध्यपश्चिम क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त सामुदायिक अध्ययन केन्द्रले ५० हजार पुरस्कार प्राप्त गर्नुका साथै जिल्लाका सामुदायिक अध्ययन केन्द्रमा पहीलो स्थान हासिल गरेको छ । सहायक जिल्ला शिक्षा अधिकारी रेग्मीले सनराइज सामुदायिक अध्ययन केन्द्र धनौरी तेस्रो र सामुदायिक अध्ययन केन्द्र उरहरीले चौथो स्थान हासिल गरेर प्रोत्साहनस्वरुप ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको जानकारी दिनुभयो ।