काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले संविधानले कसैलाई विभेद नगरेको दाबी गरेका छन् । ‘राजनीतिक हिसाबमा विभिन्न मागहरु आउँछन्,कुन–कुन माग केका लागि पूरा गर्ने हो ?’ प्रधानमन्त्रीले प्रश्न गर्दै भने ।
रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको आयोजनामा राजधानीमा जारी राष्ट्रिय सुरक्षा गोष्ठीमा उनले भने–,‘हामी कसैका विरुद्ध सोच्दैनौं, कसैका विरुद्ध बोलेका पनि छैनौं । मुलुकलाई कसैको विरुद्ध प्रयोग हुन दिन्नौं ।’
संविधानमा पुर्नलेखन भन्ने प्रावधान नभएकाले संशोधन गर्न मात्र सकिने प्रधानमन्त्रीले स्पष्ट पारे । तराई केन्द्रित दलको माग बमोजिम प्रादेशिक सीमांकन गर्न सरकार तयार भएको बताए उनले बताए । भने– ‘प्रादेशिक सीमांकन गर्ने हामीले पनि भनेका छौं’,तर ,‘औचित्यको आधारमा हुनुपर्यो ।’
‘हाम्रो देश विविधतापूर्ण छ, यस्तो अवस्थामा जात जातका कुरा र साम्प्रदायिकताको कुरा आइरहेको छ ।’ ‘वार्ताको माध्यमबाट सहमति गर्न खोजेपनि मधेसकेन्द्रीत दलहरु सहमतिमा पुग्न नचाहेपछि सहमतिमा पुग्न सकिएन’ उनले भने ।
‘साम्प्रदायिकता एकातिर छ, अर्को सकीर्ण छ संकीर्ण क्षेत्रियतावाद । यसले भित्रभित्रैबाट विविधतालाई कमजोर बनाएर राष्ट्रिय एकता कमजोर गर्छ ।’ उनले राष्ट्रिय सुरक्षाको लागि आतंकवाद अर्को चुनौति भएको बताए ।
‘म सरकारमा आउँदा सुरक्षाकर्मीसहित ४७ जना मारिएका थिए । नाकाबन्दी खुल्यो । बिशाखापटनम बन्दरगाह खुल्यो,दुवै छिमेकीसँग पारवहन सन्धी गर्न पाउनु हाम्रो अधिकार हो, त्यसैअनुसार गरेका छौं ’ उनले भने । प्रधानमन्त्री ओलीले छिमेकीसँगको मित्रताको नाममा राष्ट्रिय सुरक्षा कमजोर पार्न नसकिने बताए । ‘राष्ट्रिय सुरक्षाअन्तर्गत छिमेकीसँगको सम्बन्ध पनि पर्छ, मित्रताको नाममा राष्ट्रियता कमजोर पार्न सकिन्न’ उनले भने
तर उनले सुरक्षा नीति कार्यान्वयनको लागि सबै दलको सहमति हुनुपर्ने बताए । ‘सबैको सहमति नभए कार्यान्वयन गर्न सकिन्न’, उनले भने । गोष्ठीमा बोलाइए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नगएको गएनन । दुई नेताको अनुपस्थितिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा नीति पार्टी र व्यक्तिको नभई सबैको साझा भएको टिप्पणी गरे ।
‘प्रतिस्पर्धा भनेको भिन्न कुरामा हुनुपर्छ, राष्ट्रिय सुरक्षामा मतभेद हुन्न ।’ उनले व्यक्तिगत स्वार्थको लागि सरकार परिवर्तन हुनु राम्रो नभएको टिप्पणी गरे । ‘कुनै पार्टी सरकारबाट बाहिरिने वित्तिकै भोज खाएर उफ्रिने गर्छन्’ सरकार परिवर्तनको बिषयमा बोल्दै उनले संविधानअनुसार सरकार परिवर्तन हुने बताए । गोष्ठीमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्द, एमाले नेता माधवकुमार नेपाललगायत छन्।