मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

रुकुम, असार २७ । रुकुम मुरु गाविस-६ का मानबहादुर दमाइको गएको वैशाखमा भीरबाट लडेर निधन भएपछि मानबहादुरको साहारामा बाँचेको पाँच जनाको परिवार बिचल्लीमा पर्‍यो ।

एक टुक्रो सुख्खा जमिनसमेत नभएको उहाँको परिवारमा ठूलो बज्रपात आयो । श्रीमानको मृत्युपछि छोराछोरी र आफ्नो पेट पाल्ने जिम्मा श्रीमती पवित्रालाई आइपर्यो । तीन छोरी र एक छोरालाई कसरी हुर्काउने चिन्ताले सताइरहँदा पवित्रा शारिरिक रुपमा समेत निकै कजमोर अवस्थामा पुग्नु भयो ।

एक दिन गाउँका नेपाली कांग्रेस नेता भिम बहादुर डागीलाई लिएर जिल्ला विकास समिति रुकुममा केही सहयोग माग्न पुग्नु भयो पवित्रा । पीडितको कुरा सुनेर रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले जीर्ण अवस्थामा रहेको घरको फोटोलाई आफ्नो फेसबुकमा अपलोड गर्दै सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

उहाँको फेसबुक हेरेर तत्कालै लायन्स क्लव अफ रुकुम राप्ती र लायन्स क्लव अफ रुकुम मुसिकोटले केही राहत सामग्री वितरण गरे । राहतले पीडित परिवारलाई केही समयसम्म खान र बस्नको लागि सहयोग मिल्यो ।
न बस्ने बास गतिलो थियो न बाली पाक्ला र खाउँला भन्ने जमिन नै । यस्तै समस्याले झनै पीडित परिवारलाई पीडामा पर्दै गए । समस्यासँग परिवारको दैनिक संर्घष चलिरहेकै थियो ।

मकाउमा रोजगारीको शिलशिलमा पुगेका केही नेपालीले स्थानीय विकास अधिकारी भरत कुमार शर्माको फेसबुकमा पवित्राको दुःखको कुरा पढेपछि सहयोग जुटाउने अभियानमा लागे । छोटो समयमा उनीहरुले १ लाख २० हजार रुपैयाँ जम्मा गरि  स्थानीय विकास अधिकारीसँग कुराकानी गरे ।

सबैको सल्लाहमा गाउँमै पीडित परिवारलाई ४ सय ९० वर्ग मिटर जग्गा खरिद गरियो । यो खबर पाएपछि जमिनबिहीन पवित्राको परिवारमा खुसी छायो । कामको अवसरमा मकाउ पुगेका खलंगा–५ रुकुमका घनश्याम खड्का, छिवाङका भरत केसी र खलंगाका ओम खड्काको अगुवाईमा जम्मा भएको १ लाख १८ हजार रुपैयाँबाट खरिद गरिएको जग्गाको लालपुर्जा पवित्रालाई हस्तान्तरण गरियो ।

स्थानीय विकास अधिकारीको कार्यकक्षमा घनश्यामका बुवा पुर्णसिंह खड्का र ओमका बुवा चिन्ताराम खड्काले सामूहिक रुपमा पवित्रालाई जग्गाको लालपुर्जा हस्तान्तरण गर्नु भएको हो । हातमा जग्गाको लालपुर्जा पाएपछि खुसीले आँखाबाट आँशु झार्दै पवित्राले भन्नु भयो, ‘अब म मेरै जग्गामा फलेको अन्नले छोराछोरीको पेट पाल्ने छु, हजुरहरुको सहयोगले जग्गा त भयो अब घर भए मेरो परिवार बाँच्ने थियो ।’
वर्षात लाग्यो एउटा त्रिपालले घरको छानामा पवित्राको परिवार अटेको छ ।  पानीले भित्रका सबै कपडा भिझ्छन् । पवित्रा भन्नुहुन्छ, ‘पानी पर्नको दिन हामी सुत्दैनौँ ।’

पवित्राको घर निर्माणको लागि पनि पहल भैरहेको स्थानीय विकास अधिकारी शर्माले बताउनु भयो । ‘हामी श्रमदानबाटै उहाँको घर बनाउने सोचमा छौँ, नेपाली सेनालाई श्रमदानको लागि अनुरोध गरेका छौँ’ शर्माले भन्नु भयो ।

आदर्श केसी/उज्यालो अनलाइन

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post