मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, साउन १ । नयाँ सरकार बनाउन कुनै संवैधानिक जटिलता नरहको कानुनविद्हरुले बताएका छन् ।
नेपालको संविधानको धारा २९८ लाई टेकेर नयाँ सरकार बनाउन विज्ञहरुले सुझाव दिएका हुन ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेता र संवैधानिक कानुनका विज्ञहरुबीच भएको छलफलमा उनीहरुले सरकार गठनका लागि कुनै कानुनी अड्चन नभएको बताएका थिए । छलफल कांग्रेस संसदीय दलमा भएको थियो । छलफलमा १८ जना विज्ञको उपस्थिति रहेको थियो । संवैधानिक कानुनका विज्ञ प्राद्यापक डा. सूर्य ढुंगेलले संविधानको भाग ३३ को संक्रमणकालिन व्यवस्था अन्तर्गत धारा २९८ मा रहेर नयाँ सरकार गठन गर्न सकिने बताए ।

धारा २९८ मा अविश्वासको प्रस्ताव पेश भएपछि यसबारेमा छलफल हुने, त्यसमा प्रधानमन्त्रीका पक्षमा दुई तिहाई नपुगे राष्ट्रपतिले सात दिनको समय तोकेर सहमतीय सरकारको आव्हान गर्ने र त्यो नभएमा बहुमतीय प्रक्रियामा जाने उनले बताएका थिए ।

शीर्ष नेताहरुमा काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेता विमलेन्द्र निधि, रमेश लेखक, दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र सचेतक ईश्वरी न्यौपाने तथा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संसदीय फाँटका प्रमुख कृष्णबहादुर महरा, नेता वर्षमान पुन, जनार्दन शर्मा,संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे सहितको सहभागिता थियो ।

छलफलमा कानुनविद् सूर्य ढुंगेल, प्रेम खडका।, राम नारायण बिडारी, हरिहर दाहाल, पूर्णमान शाक्य, शेरबहादुर केसी, सुनिल पोखरेल, रमणकुमार श्रेष्ठ, माधव बास्कोटा, बद्रीबहादुर कार्की, राधेश्याम अधिकारी लगायतको उपस्थिति थियो  ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post