मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, साउन १ । टर्कीमा भएको असफल सैन्य ‘कू’मा १६१ जनाको ज्यान गएको प्रधानमन्त्री बिनाली इन्दिरिमले जनाएका छन् । सरकार समर्थित सुरक्षाबलले १५ सय बढीलाई गिरफ्तार गरेको छ । विद्रोहीहरुले आत्मसमर्पण गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताईन्छ । टर्कीमा अहिले पनि अवस्था सामान्य छैन ।

पक्राउ पर्नेमा जर्नेलसहित २९ जना उच्च पदस्थ सैनिक अधिकारी रहेका छन् । तथापि, राजधानी अङ्काराका ठाउँठाउँमा विस्फोट र गोली चलेको आवाज आइरहेको छ ।  राष्ट्रपति तैयपले टर्कीको सत्ता लिएको १३ वर्ष पुग्नै लागेको छ, र यसबीचमा उनको सत्ताविरुद्ध आवाज उठ्न थालेको छ ।

हाल छुट्टीमा रहेका राष्ट्रपति तैयप रातारात इस्तानबुल फर्किनुभएको थियो । उनी फर्कदा टर्कीका सडकमा हजारौं समर्थकले उनलाई स्वागत गरेका थिए । यद्यपि राष्ट्रपतिको विरोधमा समेत सहरका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।

‘यो राष्ट्रद्रोह हो, यो विद्रोहको कार्यमा संलग्नले महंगो मूल्य चुकाउनु पर्नेछ’ राष्ट्रपति एर्डोगानले विमानस्थलमा भने । सरकारले परिस्थितिलाई नियन्त्रणमा लिने उद्देश्यले दुवै सहरका विभिन्न स्थानमा कफ्र्यु लगाएको घोषणा गरेको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post