काठमाडौं असार ३० । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको गिरानचौरमा एकीकृत बस्ती निर्माण थालेका कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले अब सहयोग संकलन स्थगित गर्ने बताएका छन्।
बस्ती निर्माणका लागि ५ करोड आवश्यक पर्नेमा ४ करोड ७५ लाख संकलन भइसकेको र अब २५ लाख रुपैयाँ मात्र आवश्यक पर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ। प्रतिबद्धता जनाएका व्यक्ति र संघसंस्थाले सहयोग उपलब्ध गराएमा लक्ष्य पूरा हुने फाउण्डसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। अब २५ लाख सहयोग जुटेपछि गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाका लागि सहयोग संकलन कार्य स्थगित गरिने उनले जानकारी दिइन्।
फाउण्डेसनले परियोजना संचालन गर्दै जाँदा लागत बढ्न जाने देखिएमा पुनः सहयोगका लागि अपिल गर्ने जनाएको छ। अब श्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ संस्थालाई फाउण्डेसनले आह्वान गरेका छन्। धुर्मुस सुन्तलीले मेलम्ची नगरपालिका ८ गिरान्चौरमा गएको वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि एकीकृत बस्ती निर्माणको काम सुरु गरेका थिए। उनीहरुले बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपैयाँ खर्च गरिसकेका छन्।
सो रकमबाट पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्री खरिद गरेका छन्। दशैँ अघिनै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले ६५ वटै घरको जग खन्ने र गारो उठाउने काम रात दिन जारी राखिएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० ले बताएका छन्। वर्षाले बाटो बिगारेर निर्माण सामग्री ढुवानीमा समस्या पारेकाले लागत बढ्न सक्ने अनुमान उनले गरेका छन्। कम लागतमा बालमैत्री, अपाङ्गमैत्री नमुना बस्ती निर्माण गरेर भूकम्प प्रभावित ६५ परिवारलाई दशैँमा घर उपहार दिने उनीहरुको योजना छ।