काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र तत्कालीन एमाओवादीबीच भएको ३ बुँदे भद्र सहमतिलाई ‘आउट डेटेड’ भनिदिएपछि माओवादी केन्द्र अन्यौलमा परेको छ ।
माओवादी केन्द्रको निर्णय अनुसार सहमति कार्यान्वयनको ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बुँदे सहमति ‘आउटडेटेड’ भएको प्रतिक्रिया दिएका थिए ।
“त्यो ३ बुँदे आउटडेटेड भइसक्यो, त्यस अनुसार अघि बढ्न सकिँदैन,” प्रधानमन्त्रीको भनाइ प्रचण्डले सोमबार बसेको माओवादी केन्द्रको बैठकमा सुनाएका थिए ।
त्यसपछि बैठकले प्रचण्डलाई अन्य दलसँग सहमतिको सरकार गठनको पहल गर्ने जिम्मा दिइएको माओवादी केन्द्रका नेता मणि थापाले जानकारी दिए ।