मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं साउन २७ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विहीन सरकार ल्याउने षडयन्त्र भैरहेको दावी गरेका छन्। नयाँ सरकार मार्फत मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता सिर्जना गरेर दलविहीन सरकार ल्याउने षड्यन्त्र भैरहेको ओलीको दावी छ।

‘विगतमा पनि हामी दलहरु नमिल्दा प्रधान न्यायाधीश ल्याएर सरकार चलाइयो’ प्रेस चौतारी नेपालले एमाले मुख्यालय धुम्बाराहीमा बुधबार गरेको अन्तरसम्वाद कार्यक्रममा ओलीले भने, ुअहिले पनि त्यस्तै षडयन्त्र भैरहेको छ ।’ मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता ल्याउने षडयन्त्र अन्तर्गत अहिलेको सरकारले आफू नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन तालिका सार्न खोजेको ओलीको आरोप छ। ०७४ साल माघ ७ सम्म अर्को संसद गठन नभए देशमा जनप्रतिनिधिमूलक नहुने भन्दै चुनाव सार्ने षडयन्त्रका विरुद्ध सचेत हुनुपर्ने बताए। षडयन्त्र कसले गरेको हो भन्ने प्रष्ट नभने पनि ओलीले सरकार भारतको ईशारामा चलेको संकेत गरे।

मंसिरमा स्थानीय चुनाव गराएर पूर्व तालिका अनुसार नै चुनाव गर्न सबै दल एक हुनुपर्नेमा ओलीले जोड दिए। सरकारका सकारात्मक र रचनात्मक काममा सहयोग गरेर एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै ओलीले सहयोग गर्ने वातारण भने सरकारले नबनाएको बताए। ुयो सरकारले हामीले सहयोग गर्ने छनक देखाएको छैनु, उनले भने। ओलीले मधेसकेन्द्रित दलका माग पूरा गर्ने नाममा वर्तमान सरकारले तमासा गरिरहेको टिप्पणी गरे। ुयो सरकारले बडो तमासा गर्दै हिँडेको छ। मेरै सरकारले मधेस आन्दोलनका घाइतेलाई उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो, ४६ जनाले पाइसकेका थिएु, ओलीले भने, ुघाइते र मृतकलाई हैन मधेसकेन्द्रित दललाई पैसा दिने निर्णय गरेर तमासा गरेको।ु ओलीले आफू प्रधानमन्त्री हुँदा नै मधेसकेन्द्रित दलका नेता मृतकका परिवारलाई होइन पार्टीलाई दिनुस् भन्न आएको ओलीले दावी गरे।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post