मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


काठमाडौं साउन २७ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो प्रधानमन्त्री हुनुअघि भनेका थिए–पहिलो चोटी प्रधानमन्त्री हुँदा अनुभव थिएन। अहिले त परिपक्व भएँ। तर प्रधानमन्त्री भएको पहिलो हप्तामै उनले केही गल्ती गरेका छन्।

यसो हेर्दा यीमध्ये केही सामान्य नै लागे पनि परिपक्व हुनेले गरिरहने गल्ती होइन यो ।

१. छोरोलाई स्वकीय सचिव
प्रचण्डले प्रधानमन्त्रीको शपथ ग्रहण गरेको भोलिपल्ट आफ्नो छोरा प्रकाश दाहाललाई स्वकीय सचिव नियुक्त गरे। छोरो यत्तिकै पनि कुख्यात नै छन्। उनका ‘कर्तुत’हरु बारम्बार मिडियामा आइरहन्छन्। तेस्रो बिहे गर्दा देखाउनलाई घरनिकालासमेत गरेका थिए उनले छोरालाई। अहिले उनैलाई स्वकीय सचिव नियुक्त गरे। प्रचण्डभक्तहरुलाई लाग्ला, अनि के भो त, आफ्नै छोरालाई स्वकीय सचिव बनाउन नपाउने ? पाउने हजुर पाउने। नपाउने भनेर संविधानमा लेख्या छैन। अलि नैतिकताको पनि कुरा गरौँ कि भनेको। ओली सरकारमा सहभागी सहभागी मन्त्रीहरूलाई भने आफ्ना नातेदारलाई स्वकीय र निजी सचिव राख्न नपाउने आचारसंहिता बनाएको चाहिँ बिर्सिहालेको ? कि यो आचार संहिता भनेको अरु नेतालाई मात्र लाग्ने, अध्यक्ष कामरेडलाई नलाग्ने हो ? आफ्नै नेता उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशले घोषणै गरेर म स्वकीय सचिव बन्दिनँ भनेको पनि उदाहरणका रुपमा लिनुपर्ने हो।


२. गलाभरी माला
प्रधानमन्त्री निर्वाचित भएकै दिन प्रचण्डको लाजिम्पाटस्थित निवासमा चिनियाँ राजदूत पुग्दा प्रचण्डकै सचिवालयले सार्वजनिक गरेको फोटो हो यो। फोटो हेर्ने मान्छेलाई नै अप्ठेरो लाग्ने गरी मुखै छोपिने गरी मालाले पुरिएको हेर्नुस् त। खादा पनि उत्तिकै। त्यसो त प्रचण्डको घाँटी छोटो भएकोले पनि यस्तो देखिने होला। तर माला धेरैले पुर्दैमा इज्जत धेरै हुने होइन। आफैलाई समेत अप्ठेरो पर्ने गरी यसरी मालाले पुरिनु भन्दा सहयोगीलाई भनेर माला लगाइसकेपछि फुकाल्दा राम्रो देखिने हो। विदेशतिरका नेताहरुको हाउभाउ र बडी ल्याङ्ग्वेजबाट पनि सिक्नु पर्ने हो।

३. शपथ नलिँदै निवासमा राजदूतहरुसँग भेट
चीनका मात्र होइन भारतका राजदूत रणजीत रेसित पनि प्रचण्डले लाजिम्पाटस्थित निवासमा शपथ नलिँदै भेटे। हुनत बधाई दिन लागेकाहरुलाई नआऊ भन्न मिलेन भन्ने तर्क गर्न सकिएला। तर प्रधानमन्त्रीले राजदूतहरुलाई घरमा भेट्ने होइन त्यो पनि शपथै नलिइसकेको अवस्थामा त भेट्ने नै होइन।


४. बडी ल्याङ्ग्वेजमा सतर्क भएनन्
यो फोटो सोसल मिडियामा गएको साता निकै भाइरल भयो। खासमा यो फोटो खिच्नेले कति बेला खिचेको भन्ने हिसाबमा यस्तो देखिएको हो। तर हामी नेपालीहरुलाई यस्तै विषयले छुन्छ। प्रचण्ड भारतीय राजदूतसँग झुके भन्ने हिसाबले यसको प्रचार भयो। पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिमा भारतीय पूजारी हटाउने जस्तो ‘राष्ट्रवादी’ निर्णय पनि यस्तै प्रचारका सामु निस्तेज भएर लास्टमा उनले फिर्ता लिन बाध्य भएका थिए। यस्तै विषयमा कुप्रचार हुन्छ भन्ने थाहा पाएपछि यसमा सतर्क हुनु है भनेर सुझाव दिन त सकिन्छ नि। सल्लाहकारको काम त्यही त हो। यस्तो विषयमा पूर्व प्रम केपी ओलीसँग सिक्नुपर्छ। उनी भारत भ्रमणमा जाँदा मोदीसँगका केही भेट प्रत्यक्ष हेर्न पाएको थिएँ। शायद् उनलाई कसैले सुझाव दिएको थियो, या उनी आफै अलर्ट भएका हुन्। उनी आफ्नो ‘बडी ल्याङ्ग्वेज’ले यस्तो खराब सन्देश जाने केही देखिएला कि भनेर निकै नै सतर्क देखिन्थे।

५. मधेस आन्दोलनमा मारिएकालाई १० लाखको निर्णय
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको मन्त्रिपरिषद्को शुक्रबारको बैठकले गत वर्षको मधेस आन्दोलनमा मारिएकाका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गर्‍यो। तर १० लाख दिने निर्णय त ओली सरकारकै पालामा भएर केहीलाई त निकासा पनि भइसकेको हो। 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post