दाङ साउन २७ । तुलसीपुर नगरपालिकाको वडा नं. २ को सुनौलीपुर गाउँमा सौर्य ऊर्जाको माध्यमबाट खानेपानीको व्यवस्था गरिएको छ । तुलसीपुर नगरपालिकाको ४ लाख ७५ हजार र स्थानीय उपभोक्ताको २ लाख गरी ६ लाख ७५ हजार रुपैयाँ लगानीमा खानेपानीको प्रबन्ध मिलाइएको हो ।
सुनौलीपुरमा सौर्य ऊर्जाको प्रयोग गरी करीब १ सय ६५ मिटर तलबाट पानी तानिएको छ । १ हजार २ सय वाटको सोलार प्यानल जडान गरी पानी तानिएको तुलसीपुर नगरपालिकाका सब–इञ्जिनीयर राधेश्याम उपाध्यायले बताए । ‘सुनौलीपुरमा खानेपानीको समस्या थियो, सोलारबाट पानी तानेपछि त्यहाँका स्थानीयलाई धेरै सहज भएको छ,’ उनले भने ।
सोलारबाट खानेपानीको व्यवस्था भएपछि नगरपालिकाको दुर्गम बस्ती मानिने त्यहाँका २५ घरधुरी लाभान्वित भएका छन् । गाउँमै पानी पुगेपछि अब एक गाग्री पानी लिनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता छैन । ‘हिजो एक गाग्री पानी लिन एक÷डेढ घण्टा तल जानुपथ्र्यो, अहिले घरकै आँगनमा पानी भर्ना पाउँदा धेरै खुशी छौं’ स्थानीय अमृत सिजालीले भने, ‘नगरपालिकाले हाम्रो लामो समयदेखिको दुःख पीडा अहिले बल्ल बुझ्यो ।’ सुनौलीपुरमा अहिले दैनिक ४ घण्टा पानी आउँछ ।
तुलसीपुर नगरपालिकाले सोलार प्रविधिबाट स्थानीयलाई पानी वितरण गरेको यो पहिलो काम हो । पहिलो पटक सोलारबाट सुनौलीपुरका बासिन्दालाई खानेपानीको व्यवस्था गर्न सफल भएको भन्दै आगामी समयमा नगरपालिकाका दुर्गम क्षेत्र वडा नं। १, ७, १६ र १७ मा पनि यही प्रविधिबाट पानीको प्रबन्ध मिलाइने सब–इञ्जिनीयर उपाध्यायले बताए ।