दाङ असोज १५ । नेपालीहरुको महान् पर्व विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर दाङ युवामञ्चले घोराहीमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा पूर्व खेलाडीहरुको टिम विजयी भएको छ । प्रतियोगीतामा अटल युवा क्लवलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै पूर्व खेलाडीहरुको समूह विजयी भएको हो ।
प्रतियोगीतामा सहभागी नेपाल पत्रकार महासंघको समूहले उत्कृष्ट र अनुशासित खेल प्रदर्शन गरेको थियो । प्रतियोगीतामा नेपाल पत्रकार महासंघ, दाङ जिल्ला उद्योग वाणीज्य संघ, त्रिभुवन नगर जेसीज, पूर्व खेलाडी, अटल युवा क्लव, दाङ युवा मञ्च र सशस्त्र प्रहरीको समूह प्रतियोगीतामा सहभागी भएका थिए ।
प्रतियोगीतामा सहभागीहरुलाई एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र प्रदान गरिएको छ । दाङ युवा मञ्चका अध्यक्ष दीपेन्द्र पुनको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरप्रताप सिंहको प्रमुख आतिथ्यता र मञ्चका संरक्षक तथा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासनको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा त्रिभुवन नगर जेसीजका अध्यक्ष राजिव उल्लाह खान, पूर्व खेलाडी सुशील श्रेष्ठ, सल्लाहकार टीका थापा, मञ्चका कोषाध्यक्ष कृष्णदेव थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मञ्चका उपाध्यक्ष समीर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव मिनराज भाटले गर्नुभएको थियो ।