मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, असोज १६ । सहकारीबाट लिएको आर्थिक रकमलाई आय आर्जनमुखी कार्यमा लगाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । सहकारीबाट पैसा लिएर घरको ऋण तिर्नु भन्दा पनि आय आर्जनमुखी काममा खर्च गरेर आर्थिक रुपले सम्वृद्ध बन्नुपर्ने उनीहरुको जोड थियो ।

जनआस्था सहकारी संस्था तुलसीपुर–१ को शनिबार तुलसीपुरमा सम्पन्न छैठौं साधारणसभालाई सम्बोधन गर्दै उनीहरुले पछिल्लो समय सहकारी संस्थाहरु ग्रामीण भेगदेखि सहरसम्म बिपन्न समुदायका लागि आर्थिक मेरुदण्डरुका रुपमा रहेको बताउनुभयो । सो अवसरमा प्रमुख अतिथि प्रकृति संरक्षण मञ्च नेपालका अध्यक्ष ओपेन्द्र बस्नेतले सहकारी संस्थाले समुदायमा ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो ।

छरिएर रहेको पुँजीलाई एकीकृत गर्ने मात्र नभई समुदायलाई संगठित गरेर समाज रुपान्तरणमा टेवा पु¥याउने काम समेत गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । जनआस्था वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कलिभान रोकाको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गद्वारी टोलविकास संस्थाका अध्यक्ष लालबहादुर विक, थर्कोट साप्ताहिकका प्रकाशक दोर्ण केसी, रेडियो पाठशालाकी चन्दा बस्नेत, गाउँवेसी सहकारी संस्थाका जंगबहादृुर वली, यसपाल सिंह खत्री, टीकाराम पुन, ओमबहादुर घर्तीलगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

साधारणसभामा सचिव भूपबहादुर पुनले सहकारी संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, भने अध्यक्ष कलिभान रोकाले १ करोड २१ लाख ३५ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले बिनियम संशोधन, सजिलो सहकारी सफट्वयर खरिद, लघुकर्जा लगानी, कार्यक्षेत्र बिस्तार, कर्मचारीको तलव बृद्धि तथा आगामी वर्षको अनुमानित बजेट समेत अनुमोदन गरेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post