मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं असोज १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उर्दूमा सम्बोधन गरेर लेखिएको दुईवटा बेलुन मेसेज पंजाबको दिनानगरस्थित घेराल गाउँमा शनिबार भेटिएको छ ।

पुलिसका अनुसार पहेंलो रंगको बेलुनमा कागजको एक टुक्रामा मोदीको लागि सन्देश लेखेर टाँसिएको छ । उर्दूमा लेखिएको उक्त सन्देशले भन्छ, ‘मोदीजी अयूबीको तरबार अहिलेसम्म पनि हामी सँगै छ । इस्लाम जिन्दावाद ।’

स्रोतका अनुसार उक्त बेलुनलाई पहिलो पटक स्थानीय एक व्यक्तिले आफ्नो घर नजिकै देखे । जब उनले उर्दूमा सन्देश देखे, तब उक्त बेलुनबारे पुलिसलाई जानकारी दिए । यद्यपी, दीनानगरमा यस्तो प्रकारको बेलुन सन्देश पाइएको यो पहिलो घटना भने होइन । गत जुलाईमा पुलिसले दीनानगर नजिकैको झाण्डे चाक गाउँमा यस्तै प्रकारको बेलुन भेटेको थियो जसमा पाकिस्तानको झण्डामाथि लेखिएको थियो, ‘आइ लभ पाकिस्तान’ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post