दाङ, असोज १५ । नारायणपुरमा पनि शनिबारदेखि दुर्गा पूजा सुरु भएको छ । पूजाको एक औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।
दुर्गा पूजा आयोजक मूल समितिका संयोजक कुलप्रसाद रजौरेको अध्यक्षता एवं समाजसेवी वेदबहादुर खड्का तथा नारायणपुर उद्योग वाणीज्य संघका अध्यक्ष गोपालप्रसाद लम्सालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य बालिका लम्साल, महतावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी, दुर्गा पूजा समितिका पूर्व अध्यक्ष कमल वली, नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संघका पूर्व अध्यक्ष विष्णु दाहाल, जेष्ठ नागरिक मञ्चका अध्यक्ष केशव पाण्डे, जेष्ठ नागरिक टोपसिंह डाँगीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण अशोक शर्माले गर्नुभएको थियो । कार्यक्रम पश्चात् शोभायात्रा निकालिएको थियो । यात्राले बजारको परिक्रमा गरेको पूजा मुल समितिका सदस्य धरम बस्नेतले जानकारी दिनुभएको छ ।