मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


दाङ, कार्तिक ३० । एशियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिता एएफसी सोलिडारिटी कपको फाइनलमा  पहिलो पटक फाइनलमा स्थान बनाएको नेपाली टोली उपाधि जित्ने लक्ष्यसहित आज मकाउबिरुद्ध उत्रँदैछ ।

सन् १९५४ मा एसियाली फुटबल महासंघ (एएफसी) को सदस्यता लिएपछि नेपालले एएफसीले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता जितेको छैन। तर, नेपाली फुटबल मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कपको उपाधि जितेर ६२ वर्षपछि नयाँ इतिहास रच्ने अवसर नजिक छ।

नेपाल एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबार साँझ सवा ५ बजे फाइनलमा  मकाउविरूद्ध भिड्दैछ। नेपाल र मकाउले यसअघि पाँच वटा खेल खेलिसकेका छन्। जसमा नेपाल नै बलियो देखिन्छ। मकाउविरूद्ध नेपालले ३ मा विजय, १ बराबरी र १ पराजय भोगेको छ। यस अवधिमा नेपालले १५ गोल गरेको छ भने ७ गोल मात्र खाएको छ।

नेपाल मकाउलाई पराजित गरी नेपाल एक बर्षको बीचमा अन्तर्राष्ट्रिय प्रतियोगिताको हृयाट्रिक गर्ने अभियानमा छ । यसअघि नेपालले गत माघमा बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा सम्पन्न साग गेम्स अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो ।

फाइनल अघिको पत्रकार सम्मेलनमा पनि नेपाली प्रशिक्षक ग्योतुकी कोजु टोलीको प्रदर्शनप्रति विश्वस्त देखिएका थिए । उनले खेलाडीले निक्कै मेहनत गरेको र आफुहरु उपाधि जित्न यहाँ आएको बताएका थिए ।

नेपालले समूह चरणमा एक जित र एक बराबरीको नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा लाओसलाई पेनाल्टीमा तीन शून्यले हराउँदै नेपाल प्रतियोगितामा अपराजित छ । नियमित र अतिरिक्त समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

मकाउजस्तै नेपाल पनि प्रतियोगितामा अपराजित छ।  मकाउले सेमिफाइनलमा ब्रुनाइलाई पेनाल्टीमै हराएर फाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलसम्मको लक्ष्य लिएर मलेसिया आएको मकाउको टोलीका प्रशिक्षकले फाइनल दवावरहित भएर खेल्ने बताए । उपाधि जित्न सके यो मकाउ फुटबलका लागि ठूलो उपलब्धि हुने उनको धारणा थियो ।

अपराजित हुँदै उपाधि जित्ने सपना बुनेको नेपालका लागि उत्कृष्ट फर्ममा रहेका स्ट्राइकरत्रय भरत, नवयुग र विमलका लागि मकाउका २३ वर्षीय डिफेन्डर चान मानको मजबुत पर्खाल भत्काउनु मुख्य उद्देश्य हुनेछ। चान मान दुई वर्षअघि पोर्चुगलको ‘ए’ डिभिजन क्लबबाट ‘रेलिगेट’ भएको ओल्हानेन्सेबाट व्यावसायिक फुटबल खेल्ने गर्छन्।

नेपालले प्रतियोगिताको ३ खेलमा निर्धारित समयमा कूल ५ गोल गरेको छ भने २ गोल खाएको छ। मकाउले ४ खेलमा ७ गोल गरेको छ भने ४ गोल खाएको छ। नेपाली स्ट्राइकरका लागि सबैभन्दा ठूलो अवसर मकाउले प्रतियोगितामा खेलेको ४ खेलमै आफ्नो प्रतिद्वन्द्वीसँग गोल खाएको छ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post