मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओपेन्द्र बस्नेत, 
दाङ, कार्तिक ३० । भारतीय १० लाख रुपैयाँ लुटिएको लामो समयसम्म पनि पत्ता नलागेपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट अनुसन्धानको टोली पहिलो पटक  दाङको तुलसीपुर आइपुगेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिएका तुलसीपुर १४ चैलाही निवासी दुर्गा लामिछानेसँग कुनै पनि हालतमा सूचना पाउन नसकेपछि पोलिग्राफ लिएर अनुसन्धानको टोली आएको हो ।

अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका लामिछाने स्वयं पैसा लुटाइमाग्ने व्यक्ति हुन् । प्रहरी नायब निरीक्षक अमृत थापाको नेतृत्वमा आएको प्राविधिक सहितको ४ सदसीय टोलीले मंगलबार देखि अनुसनधानको काम सुरु गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तीम्सीनाले जानकारी दिए ।  

प्रहरीका अनुसार घटनामा संलग्न रहेको व्यक्तिले झुटो बोलेको  छ कि छैन् भन्ने कुरा पत्ता लगाउने मेसीनलाई पोलीग्राफ भन्निछ । अपराधि पत्ता लगाउन प्रहरीले पहिलो पटक पोलीग्राफको प्रयोग गरेको हो । गत कात्तिक १० गते एका विहानै  तुलसीपुर बसपार्कमा तीन जनाको संख्यामा आएको अपरिचित समूहले आँखामा धुलो छर्कीएर पैसा लुटेको लामीछानेले बताएका थिए । प्रहरीले अनुसन्धानका लागि भन्दै पैसा लुटिएको दिन देखि नै उनलाई नियन्त्रणमा राखेको छ । लामीछानेले भने घटनामा आफनो संलग्ता नभएको दावी गर्दै आएका छन् ।

यस अघि प्रहरीले पैसा मालीक राजेन्द्र श्रेष्ठ सहित १३ जनालाई नियन्त्रणमा लिएर अनुसनधान पश्चात छोडेको थियो । बुटवल बस्त्रालयमा कार्यरत लामिछानेले  कपडा किन्नका लागि कृष्णनगर जान भन्दै पैसा लिएर बसमा चढ्न बसपार्क पुगेका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post