मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

रुकुम, मंसिर २ । मतदाता नामवली संकलनका लागि एकमहिने अद्यावधिक कार्यक्रम परिचालन भएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालय गाउँगाउँ पसेको छ ।

जिल्ला निर्वाचन कार्यालय रुकुमले यही मंसिर १ देखि एक महिना नामावली संकलन, अद्यावधिक तथा दावी बिरोध कार्यक्रम जिल्लाभरी सञ्चालन गरेको छ । नेपाल सरकारले जहिले र जुनसुकै समयमा निर्वाचन घोषणा गर्नसक्ने भएकाले निर्वाचन आयोग र कर्मचारी समयमै तयारी अवस्थामा रहनका लागि यस्तो कार्यक्रम लिएर गाउँ पसेको जिल्ला निर्वाचन कार्यालय रुकुमका कार्यालय प्रमुख कमलमणी देवकोटाले बताउनुभयो ।

उक्त एक महिने कार्यक्रममा आवश्यकता अनुसार अद्यावधिक टोली खटाइको छ । जिल्लाका ३९ गाविस र २ ओटा नगरपालिकामा दुई दुई दिन मतदाता अद्यावधिक गरिने छ । उक्त अद्यावधिक कार्यक्रममा नयाँ मतदाता नामावली अद्यावधिका साथसाथै नाम फरक परेमा, ठेगाना फरक भएमा र फोटो फरक परेमा सच्याउने र दावी बिरोध गर्ने भएमा पनि दावी बिरोध गर्न सकिने प्रमुख देवकोटाले बताउनुभयो ।

साथै देशको भाग्य र भविष्य निर्माणमा सबैको भूमिका हुने र मताधिकारको प्रयोगका लागि कोही नछुट्न र कोही नदोहोरिन कार्यालय प्रमुख देवकोटाले अनुरोध गर्नुभयो । साथै उक्त कार्यक्रममा राज्यबाट विशेष मान पदवी पाएका व्यक्तिहरुले नागरिकतामा पनि थप्ने सकिने जानकारी गराइएको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post