मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओपेन्द्र बस्नेत, 
दाङ मंसिर २ । भैरमथान गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तुलसीपुर–१ राम्रीस्थित नर्सिङभैरम गुफा करिव दुई सय वर्ष अघि पत्ता लागे पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको त्यहाँका वृद्धहरुले बताएका छन् ।

स्थानीय नन्दबहादुर पुन (झिल्के) करिव सन १९५२ मा पाँच दिनसम्म ओलप्पिएर झाँक्री भई निस्केको दिनदेखि गुफा पत्ता लागेको स्थानीय ६२ वर्षिय महलाल रासकोटीले जानकारी दिनुभयो । ‘वचपनमा जंगलमा गाई ग्वाला गएका नन्दबहादुर, पाँच दिनसम्म गुफामा ओलप्पिएर धामी भई निस्किएछन्’, रासकोटीेले भननुभयो, ‘८० वर्षको उमेरमा उनले कुरा गर्दा म ६÷७ वर्षको थिए होला ।’

उतिनै बेलादेखि गुफा बाहिर नर्सिङ भैरम थानको मन्दिर बनाएर मगर समुदायका मान्छेहरुले पुजापाठ गर्न थालेको उहाँले बताउनुभयो ।  भैइरमथान गुफामा प्रत्येक वर्ष जेठको जेठो मंगललबार र मंसिर महिनाको जेठो मंगलबार मेला लाग्ने गरेको रायपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कलीभान रोकाले जानकारी दिनुभयो ।

गुफाभित्र विभिन्न भगवानको आकृति, १९ वटा कुम्भका मूर्ति गाईको थुन,  देख्न सकिन्छ भने हरियो रातो अन्डाकार रङमा रहेको  ढुङ्गाले ठटाउदा गुफाभित्रका ढुङ्गा दमाह जस्तै बज्ने गर्छन् । समुद्र सतहदेखि दुइ हजार उचाइको फिटमा रहेको गुफा ३०/४० मिटरको गहिराइमा रहेको स्थानीय इन्द्रबहादुर पुनले जानकारी दिनुभयो । गुफाभित्र गएर हेरेमा मान्छे ओलप्पिन्छन् भन्ने सोचाइका कारण स्थानीय समुदायले विगत लामो समय देखि प्रवेशमा रोक लगाएका थिए ।

धामी नन्दबहादुर पुनका झनाति इन्द्रबहादुर गुफाभित्र पसेर दृश्यावलोकन गरेर फर्किएपछि पछिल्लो समय स्थानीयमा प्रचारप्रसार गर्ने सोच आएको हो । विभिन्न रोगव्याध लागेका मान्छे त्यहाँ गएर पुजा गरेमा निको हुन्छ भन्ने धार्मिक विश्वासका कारण वर्षमा दुई पटक त्यहाँ ठूलो मेला लाग्ने गरेको नेपाली कांग्रेस ईकाई सभापति खेमलाल महताराले बताउनुभयो । ऐतिहासिक धरोहरका रुपमा रहेको गुफालाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न त्यहाँका स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

यता दाङ जिल्ला पर्यटन विकास समितिले गुफा पत्ता लागेको कुरा पहिलो पटक जानकारी पाएको बताएको छ । गुफाको विषयमा पहिलोपटक जानकारी आएको बताउँदै  दाङ जिल्ला पर्यटन विकास समितिका सदस्यसचिव डा.गोविन्द आचार्यलेले एक हप्ताभित्र त्यहाँ पुगी वास्तविक अवस्था बुझेर समितिमा छलफल गर्ने बताउनुभयो । उहाँका अनुसार योसँगै दाङमा प्राकृतिक गुफाको संख्या २ पुगेको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post