नवीन अभिलाषी,
‘उहि जन्मथलो मेरो
विसौना आखिरी अब
विवेकले जे जे गरेँ
त्यसैमा गर्छु गौरव ।’
जन्मेकै ठाउँमा मर्न मन छ नारायणप्रसाद शर्मालाई । उनी जन्मिएको स्थान–हो घोराही नगरपालिका–३ वर्गदी । आज ८५ वर्षपछि त्यहि स्थानमा फर्किएका छन्–उनी । र जीवनको उत्तराद्र्धका समयहरु बिताइरहेका छन्— सक्रियताकै साथ । साधारण मानिसले जीवन कालमा गरे भन्दा अलि धेरै काम गर्न सकेको नारायणप्रसाद शर्मा अहिले सामान्य जीवन बाँच्दैछन् ।
विस. १९८८ साल फाल्गुन शिवरात्रीको दिन बुबा यादवप्रसाद शर्मा र आमा जीवादेवीको कोखबाट संसार टेकेका हुन् नारायणप्रसादले । गुजारा चल्ने परिवारमा जन्मेका उनको अध्ययन घरबाटै सुरु भयो । काठको पाटीमा अंगारले पोतेर खरिले कखरा लेखेको उनलाई सम्झना छ । बुवाको सहयोगबाट सावा अक्षर चिन्न सिकेका नारायणप्रसादले प्राईभेट शिक्षाकै माध्यमबाट डिग्री हासिल गरे । उनी कुनै कलेजमा भर्ना भएको रेकर्ड छैन ।
कुनै शिक्षालयमा भर्ना नभएरै उनले भारतको ईलाहावाद बोर्डबाट एसएलसी र आईए, नेपालको त्रिभुवन विश्वविद्यालयबाट विए र एमए पनि प्राइभेटबाट गरेका शर्माले बनारसको संस्कृत महाविद्यालयबाट संस्कृत मध्यमाको अध्ययन पनि प्राइभेट रुपमै पुरा गरेको बताउँछन् ।
उनको पारिवारिक स्थिति त्यति सशक्त भने थिएन । उनी बाल्यकालमा शारिरिक रुपमा कमजोर थिए । त्यसकारण काँतर थिएँ भन्छन् आफै । ठूलाबडा र बलिया बालसखाहरुले हेप्थे । तर, उनलाई चित्त बुझ्दैन थियो । बलियोले निर्धोलाई हेप्ने प्रवृत्ती विरुद्ध उनले जीवनमा पहिलो पटक विद्रोह गर्नुपरेको सम्झन्छन्, जो आजीवन रहदै गयो ।
उनी १९ वर्षको जवानीमा हिड्दै थिए । उनी अराजनीतिक मान्छे थिए त्यतिबेलासम्म । तर, २००७ सालको क्रान्तिले उनलाई बिस्तारै छोयो । समय, परिस्थिति, मान्छे, प्रवृत्ती सबै फेरिएको अनुभुति उनलाई भयो । परिवर्तनको पक्षमा सबै हिडे । हिड्नेहरु मध्यमा सबै भन्दा पछाडि उनी पनि तैनाथ भए । युवावस्थामा अरु जस्तै उनी पनि विद्रोही चेतका थिए । कांग्रेससंँग नजिक हुन सकेनन्–उनी । धार्मिक र रुढिवादी उनको परिवार, समाज, आफन्तले बेला–बेला पक्षपात र अन्याय गरेको महसुस गरेँ ।
यस्तो माहोलमा हुर्किएका नारायणप्रसादले पुनर्विवाह सम्बन्धी सडक नाटक खेल्न थाले, दलितको पक्षमा उभिएर उनले जातीय समताको पक्षमा बोल्न थाले । उनको यो दोस्रो विद्रोह थियो । जातीय विभेद गलत हो भन्ने उनलाई लागेपछि कामीको घरमा पूजा लगाउन समेत पुगे उनी । गाउँमै विधुवाको पुनर्विवाहमा समेत सहभागी भए । जस्का कारण समाजले उनलाई बहिष्कार गरेको नारायण सम्झन्छन् । त्यतिबेला उनी शिक्षकहरुको रुपमा स्थापित भैसकेका थिए । आफन्त र समाजबाट बहिस्कृत भइसकेपछि आफूभित्र ज्ञानको कमी महसुस गरेर उनी बनारस गए ।
घोराहीको भरतपुरमा दिनभर ठूलाबडा, माथिल्लो जात र धनिका छोराछोरीलाई पढाउँथे उनले । तर, रातभर त्यहि स्थानमा थारु, गोठाला, दलित, किसानका छोराछोरीलाई लालटिन बालेर पढाउँथे । २०११ सालमा तुलसीलाल अमात्यको पालामा उनी नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठन किसान संघका संस्थापक अध्यक्ष भए भने प्रेमनरसिंह राणाको पालामा उनी पार्टीकै पहिलो सेक्रेटरीका रुपमा काम गर्न थाले । २०१७ सालमा किसान आन्दोलन सुरु भयो । आन्दोलनमा सहभागी भएको भन्दै झिङ्नी बञ्जाडीमा पुलिसले गोली चलायो । खेतमा काम गर्दै गरेका एकजना किसानको मृत्यु भयो भने नारायणप्रसाद शर्मा जेलमा परे ।
२०१७—२०१९ सम्म तीन वर्ष जेल परेका उनी त्यसको केहि समयपछि विद्यार्थीहरुको आन्दोलनलाई सहयोग प¥याएको भन्दै फेरी जेल परे । विदेशी हेडमाष्टर निकालेर नेपालकै हेडमाष्टर राख्नुपर्ने विद्यार्थीको मागप्रति सहानुभूति जनाएको अभियोग लगाएर पुसिलले उनलाई ७ महिना जेलमा राख्यो । पछिल्लो जेल बसाईको क्रममा अत्यन्तै यातना खप्नुपरेको उनी आज पनि सम्झन्छन् । हातखुट्टा बाँधेर लठ्ठीले हान्ने र बुटले पेटमा हान्ने गरेको शर्मालाई याद छ ।
नारायणप्रसादले अघिल्लो पटक तीन वर्ष जेलमा बस्दा लेखेको ‘जेल दर्शन’ पुस्तक नेपालमै पहिले जेलबसाईको क्रममा लेखिएको पुस्तकको रुपमा परिचित छ । २०३५ सालसम्म उनले शिक्षण पेसा गरे । कुनैपनि काम धनदौलत कमाउनको लागि भन्दा पनि उनले जे गरे त्यो समाजमा जागरण पैदा गर्नका लागि थियो । भरतपुर विद्यालयमा नेपाली कांग्रेस निकटका नेपाल विद्यार्थी संघका विद्यार्थीहरुको असहयोगका कारण उनले शिक्षण पेसाबाट राजिनामा गरेका शर्मा समाज र देशका लागि झन् समर्पित भएर लाग्न थाले पत्रकारिताको माध्यमबाट ।
जागिर छोड्नु भन्दा २ पहिले नै उनले युगबोध पाक्षिक सञ्चालन गरिसकेका थिए । त्यतिबेलासम्म दाङलगायतका आसपासका क्षेत्रमा कुनै पेस र अखबारहरु थिएनन् । पत्रिकारीताको माध्यमबाट उनले सामाजिक चेतना प्रसारको क्षेत्रमा काम गर्न थालेका नारायणप्रसाद शर्मा फेरि निरास हुनुप¥यो ।
राजनीतिक मुद्धा र तत्कालिन पञ्चायत सरकारले गरेका कामहरु अखबारमा जनताले पढ्न पाएको पञ्चायत सरकारलाई नपचेपछि शर्माको प्रेस र युगबोध पाक्षिकको कार्यालयमा ताला लगाएर प्रकाशन बन्द ग¥यो ।
शर्मा आक्रोसमा काठमाडौं पुगे र त्यहिबाट उनले केहि महिना जनजागरण पत्रिका निकालेर पञ्चायत सरकारको विरुद्धमा काम गर्न थाले । तर, उनी काठमाडौँमा टिक्न सकेनन् । घाटा लागेपछि उनी फेरि दाङ फर्किए । काठमाडाँैको प्रेस दाङमा ल्याएर अर्को युगचेतना साप्ताहिक पत्रिका सञ्चालन गर्न थाले । तर, २०४६ सालको आन्दोलनपछि युगबोध दैनिक फुकुवा भयो । फुकुवा भएपछि दैनिक पत्रिकाका रुपमा शर्माले प्रकाशनको काम गर्न थाले ।
पत्रकारिताको क्षेत्रमा काम गर्दा गर्दै समाज रुपान्तरणको क्षेत्रमा नागरिक समाजको भुमिका आवस्यक देखेपछि उनले जिल्लामा नागरिक समाजको स्थापनामा लागे । जीवराज धितालको संयोजकत्वमा गठन भएको समाजको शर्मा सदस्य भए । तर, संयोजक धितालले जनता भन्दा सरकारको वकालत गर्न थालेपछि धिताललाई पदच्युत गरेर शर्मा आफू संयोजक भएर काम गरे ।
देशमा भएको राजनीतिक परिवर्तनका लागि २०६२÷०६३ मा नागरिक समाजबाट लाखौं मानिसहरु सडकमा ल्याउने गरी जागरण फैलाएको उनी सम्झन्छन् । त्यसको लगत्तै २०६३ माघ १ गते शर्मा सांसद भए । सांसद भएर काम गर्न थालेको दुईपछि उनी नेपाल प्रेस काउन्सिलका अध्यक्षमा नियुक्त भए ।
दाङमा राजनीतिक, सामाजिक परिवर्तन, पत्रकारितासँगै साहित्यको जग बसाल्ने श्रेय पनि नारायणप्रसाद शर्मालाई जान्छ । शर्मासँग अहिले पनि २००४ सालमा लेखिएका कविता अझै छन् । खासमा उनले साहित्यलाई दोस्रो हतियारका रुपमा लिन्छन् । पञ्चायत सरकार विरुद्ध अभिव्यक्ति स्वतन्त्रताका रुपमा उनले साहित्य लेखे । जस्का कारण पनि धेरै पटक प्रशासनको कटघरामा उभिनुपरेको शर्मालाई याद छ । शर्माको पहलमा २०३५ सालमै उनले राप्ती साहित्य परिषद स्थापना गरेर निरन्तर २० वर्षसम्म त्यसको नेतृत्व गरे । जो अहिले पनि सञ्चालनमा छ । शर्माले अहिलेसम्म ९ वटा पुस्तक प्रकाशन गरेका छन् । उनको पहिलो कृति जेलदर्शन हो । त्यसपछि हिमालीरत्न, मातेको मान्छे र प्रजातन्त्र, ७५ वर्षको जीवनयात्रा, बुद्धको विश्वचिन्तन अनुवाद, व्यवस्थापिकामा मेरो अनुभुतिलगायतका उनका पुस्तकहरु प्रकाशनमा छन् ।
उनी अहिले जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष छन् । संस्थापक समेत रहेका शर्मालगायत केहि साथीहरुको सञ्चालन गरेको बृद्धाश्रममा अहिले १९ जना बृद्धबृद्धाहरु आश्रित छन् । त्यस्तै उनी रेडियो मध्यपश्चिमका संस्थापक अध्यक्ष समेत हुन् भने उनकै पहलमा प्रकाशन सुरु भएको गाउँघर साप्ताहिकका संस्थापक हुन् । उनलाई सम्झना छैन उनले जीवनमा कति सम्मान र पुरस्कारहरु प्राप्त गरे । त्यसको कुनै लेखाजोखा छैन ।
उनको जीवनदर्शन माक्र्सवाद र बुद्धवादको फ्युजनमा चलिरहेको छ । क्रान्तिका लागि शान्ति र शान्तिका लागि क्रान्ति उनको जीवन दर्शन हो । बुद्धको करुणा र माक्र्सको सर्घषले जीवन जीवन जस्तो हुने उनि बताउछन । ८५ वर्ष पछि उनि आफु जन्मेकै ठाउमा आएर अक्षरधाम सञ्चालन गरेका छन । केहि न केहि गरिरहने शर्माले जीवनको उत्तरार्धमा पनि समाजको कला, साहित्य, सिर्जनाको संरक्षणका लागि उनले अक्षरधाम सुरु गरेका हुन् ।
विहान ३ बजे उठेर उनी ध्यान गर्छन्–अहिले । पढ्छन्, लेख्छन्, टेलिभिजन हेर्छन् । सकारात्मक ज्ञान प्राप्तिको बाटो नै अहिले प्रमुख काम हो उनको । उनी दैनिक १ देखि ३÷४ वटा कार्यक्रमहरुमा प्रमुख अतिथिको आसन ग्रहण गरिरहेका हुन्छन् ।