अमरराज पुन,
रुकुम, कार्तिक २९ । पर्यटनको राम्रो सम्भावना बोकेको रुकुम जिल्लामा आज पहिलोपटक प्याराग्लाइडिङ परिक्षण गरिएको छ । जिल्लाको पर्यटन पवद्र्धन गर्ने उद्देश्यले पर्यटन पवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपालको संयोजनमा प्याराग्लाइडिङ परिक्षण गरिएको हो ।
प्याराग्लाइडिङ परिक्षण कार्यक्रमको आइतबार पहिलो दिन रुकुम मुसिकोटको जन्ती बस्ने लेकबाट ४ ओटा प्यारासुट उडाएर सल्ले विमानस्थल रुकुममा अवतरण गरिएको हो । आइतबार सुरु गरिएको परिक्षण कार्यक्रमलाई मंसिर ३ गतेसम्म जिल्लाको सम्भावित ठाउँहरु मुसिकोट, बाँफिकोट र रुकुमकोटमा उक्त प्याराग्लाइडिङ परिक्षण कार्यक्रम गरिने भएको छ । प्याराग्लाइडिङ परिक्षणमा सहभागी ४ जना पाइलटहरुलाई भने फिस्टेल नेपाल प्याराग्लाइडिङ, लेकसाइड पोखरा, कास्की नेपालले अनुमति दिएको छ ।
प्याराग्लाइडिङ पाइलटहरुमा सुवास थापा, रमेश पहाडी, महेश रावल र प्रविण क्षेत्री रहेका छन् । पर्यटन पवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल, रुकुम र जिल्लाका विभिन्न सरोकारवाला निकायको आर्थिक सहयोगमा रुकुम जिल्लामा पहिलोपटक प्याराग्लाइडिङ परिक्षणको सुरु गरिएको छ । रुकुम जिल्लालाई साँच्चिकै पर्यटनको गन्तब्य बनाउनलाई पनि हाल प्याराग्लाइडङ परिक्षण गरिएको र यस कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने पर्यटन पवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल, रुकुमका अध्यक्ष चन्द्र बहादुर के.सी. ले बताउनुभयो ।
प्याराग्लाइडिङ परिक्षणको आइतबार पहिलो दिन फरक–फरक समयको अन्तरालमा दिनभर रुकुम मुसिकोटको आकाशमा ४ ओटा प्यारासुट उडेका थिए । आकाशमा प्यारासुट उड्दै गर्दाको रमाइलो लिन रुकुमबासीहरु ठाउँ–ठाउँमा जम्मा भएका थिए । प्यारासुटको नाम मात्र सुनेको तर प्रत्यक्ष देख्न नपाएकाले पनि होला बच्चादेखि बृद्धसम्म एकदमै खुसी भएका थिए । आज पहिलो दिनको प्याराग्लाइडिङ परिक्षण हेर्न र देख्न पाउँदा अब रुकुम जिल्ला पनि प्याराग्लाइडिङको राम्रो सम्भावना बोकेको जिल्ला बन्नसक्ने र पर्यटनको क्षेत्रमा उत्कृष्ट फड्को मार्न सक्ने अनुमान सबै पक्षबाट गरिएको छ ।