नवीन अभिलाषी,
दाङ, कार्तिक २७ । स्युजा–४ कालिमाटीकी चेता पुन २३ वर्षकी हुनुभयो । आफूसँगैका साथीहरु सन्तानको आमा भइसक्दा पनि चेताको भने विवाह भएको छैन । सानै उमेरमा साथीहरु विवाह गरेर गए । तर, चेता भने स्वावलम्वी बन्नतर्फ लाग्नुभयो । आत्मनिर्भर हुने बाटो खोज्दै जाँदा उहाँले कटाईसिलाई पेसालाई अंगालेको आधा दशक भइसकेको छ ।
स्युजा–४ बोजपोखरास्थित महेन्द्र माविमा कक्षा १० सम्म पढ्नुभएकी चेताले कटाईसिलाई पेसाबाटै आफूलाई सक्षम र आत्मनिर्भर बनाउनुभएको छ । आत्मनिर्भर भएर मात्रै विवाह गर्ने उहाँको सोच अहिले आएर पुरा हँुदैछ । तर, विवाह गर्नका लागि सुहाउँदो केटा भने उहाँले पाउनुभएको छैन । जिल्लाको पहाडी गाविस पर्ने स्युजाबाट उच्च शिक्षाका लागि सदरमुकाममा झर्नुपर्ने बाध्यता थियो । उहाँ घोराहीमा त झर्नुभयो । तर, उहाँ कटाईसिलाई सीप सिक्नतर्फ ध्यान दिनुभएन ।
पैसा खर्च गरेर सीप सिक्ने हैसियत नभएकी चेताले एकजना अपाङ्गता भएका व्यक्तिबाट सीप सिक्नुभयो । सीप आर्जन गर्न थालेको ५ महिना पनि गाविसकै बजार मानिने बोजपोखरामा टेलर स्थापना गरेको चेता बताउनुहुन्छ ।
पसल सञ्चालनका लागि घरबाट उहाँले १० हजार रुपैया भन्दा धेरै लिनुभएको छैन । तर, पछि उहाँले घर खर्चका लागि भने बुबा आमालाई धेरै सहयोग पनि गर्नुभएको छ । घरबाट लिएको १० हजार रुपैयाले मात्र टेलर सञ्चालन हुन नसक्ने भएपछि समूहबाट कर्जा लिएको उहाँले बताउनुभयो । किस्तामा ऋण तिरेर मुक्त भएपछि अहिले चेताले मासिक १२ हजार रुपैयासम्म गाउँमै कमाउनुहुन्छ । उहाँको टेलरमा अहिले ६ वटा मेसिन छन् । चेताले सिलाउने काम भन्दा पनि प्रशिक्षकमा दैनिकी बित्छ ।
कटाई सिलाई पेसाप्रति आकर्षित भएका नयाँ युवतीहरुलाई उहाँले सिकाउनुहुन्छ । अहिले चेतासँग गाउँको १ घण्टाको बाटो हिडेर सीप सिक्न आउँछन् । उहाँले मासिक ५ सय रुपैया शुल्क लिएर कटाई सिलाई पेसा सिकाउँदै आउनुभएको छ । ‘धेरै पढाई पनि चाहिन्न, अलि अलि जानेको भए हुन्छ, बसी–बसी काम गर्न पाइन्छ अनि कमाई पनि रामै्र हुन्छ’, चेताले आफ्नो अनुभव सुनाउनुभयो, ‘अहिलेसम्म म आफैले ५०÷६० जनालाई सिकाएँ होला ।’
स्युजा–८ उजाकी २३ वर्षिया सरिता भण्डारीका अहिले २ सन्तान छन् । खेतिपातीको समयमा घरमै व्यस्त हुने उहाँ यो काम नभएको खाली समय सदुपयोग गर्न कटाई सिलाई सिक्न सुरु गर्नुभएको छ । ‘सीप सधैँ आफूसँग हुन्छ । सीप भएपछि जहाँ गएर पनि आत्मनिर्भर हुन सकिन्छ ।’ सरिताले भन्नुभयो, ‘आफ्नो खुट्टामा उभिएपछि आफ्नो जीवन चलाउन, घरखर्च धान्न सजिलो हुन्छ । त्यसैले खाली समयमा सीप सिकेको राम्रो हुन्छ ।’ सीप सिकेर टेलर नै खोल्नुपर्छ भन्ने सरितालाई लाग्दैन । आफ्नै हातमा सीप भएपछि घरमा आफ्नै कपडाहरु सिलाएर खर्च कम गर्न सकिने सरिताले बतानुभयो ।
त्यस्तै स्युजा–४ कालिमाटीकै कमला पुनले पनि अहिले स्युजाकै बोजपोखरा बजारमा टेलर सञ्चालन गर्नुभएको छ । २०७० सालदेखि सीप सिक्न सुरु गर्नुभएकी कमलाले गत जेठ महिनादेखि मात्र टेलर सञ्चालन गर्नुभएको हो । घरमै टेलर सञ्चालन गरेर कटाई सिलाई पेसा गर्दै आउनुभएकी उहाँले आफ्नो व्यवसायलाई थप बलियो बनाउन बजार आएको बताउनुभयो । करिव ६० हजारको लगानीसहित उहाँले सञ्चालन गरेको टेलरमा अहिले दैनिक ६ जना भन्दा बढि युवतीहरु कटाई सिलाई सिक्न आउने गरेका छन् ।
चेता, सरिता र कमला त उदाहरण मात्रै हुनुहुन्छ । धेरै शिक्षा पनि नचाहिने, कडा शारिरीक परिश्रम पनि लगाउन नपर्ने र आम्दानी पनि राम्रै हुने भएपछि ग्रामिण भेगका धेरैजसो युवतीहरु कटाई सिलाई पेसाप्रति आकर्षित छन् । माध्यमिक भन्दा उच्च शिक्षा पढ्नका लागि ग्रामिण क्षेत्रमा अलि धेरै लगानी र श्रम लगाउनुपर्ने भएपछि अधिकांश युवतीहरुले पढाई छोड्ने गरेका छन् । पढाई छोडेका तर वैवाहिक जीवन सुरु नगरेका धेरै युवतीहरुको चाहना कटाई सिलाई भएको छ । त्यसो त विवाहपछि पनि आफ्नो फुर्सदको समयलाई उपयोग गर्न यो सीप सिक्नेहरु पनि उत्तिकै छन् ।
सीप आर्जन गरेपश्चात टेलर सञ्चालन गर्न धेरै लगानी पनि आवस्यक नपर्ने, बसी–बसी पनि राम्रो आम्दानी गर्न सकिने भएपछि ग्रामिण क्षेत्रका युवतीहरु गाउँमै बसेर यो पेसा गर्दै आएका छन् । जसबाट उनीहरुले राम्रो आम्दानी समेत गर्दै आएको बताउँछन् । मासिक १० देखि १२ हजार रुपैयाँसम्म कमाउने चेता पुनले अहिले विभिन्न समूहमा हजारौँ रुपैया जम्मा गर्न सक्षम हुनुभएको छ । गाउँघरमा पर्दा सरसापटी दिने गरेको उहाँले बतानुभयो । यस्तै कमला पुनले पनि मासिक ५ देखि ८ हजार रुपैयासम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ ।
कटाई सिलाई पेसा अहिले गाउँगाउँका युवतीहरुका लागि पनि आत्मनिर्भरताको बलियो आधार बनेको छ । धेरै पढ्न नसकेका, पढ्ने रहर हुँदाहँुदै पनि विभिन्न कारणले पढाई छोडेका युवतीहरुले सिलाई पेसामा आफ्नो भविष्य सुरक्षित बनाएका छन् । तर, सबै युवतीहरुसँग लगानी नहँुदा, उचित वातावरण प्राप्त गर्न नसक्दा सीप त्यतिकै खेर पनि जाने गरेको छ । लगानी नहँुदा टेलर खोल्न नसक्नु, घरपरिवारले सहयोग नगर्नु र कुनै निकायहरुले पनि उनीहरुको सीपलाई प्रोत्साहन गर्ने कार्यक्रम नल्याउँदा सीपले स्थायित्व पाउन नसकेको लामो समयदेखि सिलाई पेसा गर्दै आउनुभएकी सैघा–७ पाँच पोखरीकी कृष्णा घर्ती मगरले बताउनुभयो ।