दाङ, कार्तिक २७ । अर्थमन्त्री कृष्णबहादुर महराले पाँचनम्वर प्रदेशको राजधानीका लागि दाङको विकल्प नभएको बताउनुभएको छ । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले हरेक दृष्ट्रिकोणले उपयुक्त दाङ नै राजधानी बन्ने बताउनुभएको हो ।
भौगोलिक सुगमता, मध्यविन्दू र सामरिक सुरक्षाका दृष्टिले दाङनै उपयुक्त भएकाले दाङको विकल्पमा अर्को स्थान खोज्न नसकिने बताउनुभयो । ‘दाङ हरेक दृष्ट्रिकोणले राजधानीका लागि उपयुक्त छ । दाङको सम्भावना कसैले खोस्न सक्दैन’, अर्थमन्त्री महराले भन्नुभयो, ‘दाङलाई राजधानी बनाउने नबनाउने भन्ने दङालीहरुको हातमा छ । दङालीहरु काम भन्दा हल्ला धेरै गर्नुहुन्छ । धेरै हल्ला गरियो भने अन्य क्षेत्रले चलखेल गर्ने मौका पाउँछ ।’
वर्तमान सिमाङ्कनमा मात्रै होइन अब सरकारद्वारा प्रस्तावित सिमाङ्कनमा समेत दाङ प्रादेशीक राजधानी बन्ने भन्दै अर्थमन्त्री महराले अबको केही दिनभित्रै दाङमा प्रादेशीक कार्यालय स्थापना गरिने बताउनुभयो । अर्को प्रसंगमा बोल्दै उहाँले राजनीतिक सहमतिमा संविधान संशोधन हुने बताउनुभयो ।