दीपकसंगम थापा,
रुकुम कार्तिक २६ । स्थानीय निकाय पुनर्संरचना निर्माणमा रुकुमका दलहरु अँझैसम्म एकजुट हुन सकेका छैनन् । सहमतिका लागि अधिकतम प्रयास गरे तापनि आ–आफ्नै अडानका कारण रुकुमबाट दुई ओटा खाका आयोगलाई बुझाइने भएको छ ।
यसै सन्दर्भमा एमालेसहित रुकुमका ६ राजनैतिक दलहरुले बिहीबार जिल्लाको स्थानीय पुनर्संरचनाको खाका निर्माण गरी बुझाएका छन् । रुकुम जिल्लालाई पहिलेका दुई नगरपालिकासहित ४ नगरपालिका हुनुपर्ने र ४ गाउँपालिका हुनुपर्ने भन्दै आफ्नो खाका स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुमलाई बुझाएका हुन् । लामो समयदेखि रुकुम जिल्लाका सबै राजनैतिक दलहरुले जिल्लाको पुनर्संरचनाको खाका एउटै पठाउन गरिएको सहमति विफल भएपछि आ आफ्नै तरिकाले प्रतिवेदन बुझाएका हुन् ।
हिजो नेकपा एमाले, राप्रपा नेपाल, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा नेपाल, राप्रपा रुकुम र नयाँशक्ति पार्टी नेपाल गरी ६ राजनैतिक दलहरुले ८ ओटा संरचना बनाउन सिफारिससहितको सहमति गरी माग समेत गरेका छन् । स्थानीय निकाय पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुमका निमित्त संयोजक पहल पुनलाई उक्त खाका बुझाइएको हो । खाका बुझ्दै निमित्त संयोजक पुनले तुरुन्त आयोगलाई पठाइने बताउनुभयो ।
उता नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले भने १० ओटा केन्द्रहरु हुनुपर्ने भन्दै बैठकमा अडान राखे तापनि अझैसम्म आफ्नो खाका बुझाएका छैनन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले १० ओटा स्थानीय केन्द्र हुनुपर्ने भन्दै दुई पार्टीले छुट्टै खाका बुझाउने बताइएको छ । स्थानीय निकाय पुनर्संरचना आयोग प्राविधिक समितिले रुकुमलाई ८ ओटा संरचनामा टेकेर खाका पठाउन भने तापनि गत भाद्र २७ गते रुकुमस्थित सर्वदलिय सहमतिले रुकुमलाई १० ओटा संरचनामा बनाउन सिफारिस सहितको माग आयोगले अस्विकृत गरिदिएको थियो ।
आयोगले पुन ६ देखि ८ ओटा तहमा रही संरचना निर्माण गर्न निर्देशन गरेबमोजिम रुकुमका ६ राजनैतिक दलहरुले मात्र खाकामा सहमति जनाएका छन् । नेकपा एमालेका अध्यक्ष विमलकुमार पुनले काँग्रेस र माओवादीले सस्तो लोकप्रियताका लागि र आयोगको निर्देशनलाई अटेर गरेकाले सहमति हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हुन सक्ने काम भए त हामी रुकुम जिल्लामा १५ ओटा केन्द्र बनाऔं भनेका हौं । तर, त्यो आयोगले नमानेपछि आयोगकै कार्यनिर्देशिका र मापदण्डमा रही आफ्नो खाका बुझाएका हांै’, पुनले भन्नुभयो । अध्यक्ष विमल पुनले गत भाद्र २७ गते सर्वदलिय सहमतिले रुकुमलाई १० ओटै स्थानीय निकाय बनाउन आफूहरुको सहमति भएकाले पनि १० ओटै स्थानीय निकाय पाए आफूहरु झन् खुसी नै हुने बताउनुभयो । समाचार गणतन्त्र दैनिकले छापेको छ ।