दीपकसंगम थापा,
रुकुम कार्तिक ३० । झट्ट हेर्दा लाग्छ यो कुनै खानेपानीको मुहान नजिकैको बाटो हो । तर, यो खानेपानी नजिकैको बाटो नभई यो सदरमुकाम मुसिकोट बजारको मुख्य लाइनमै रहेको बाटो हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम जाने सडक र जिल्ला विकास समिति रुकुम जोड्ने ठाडो लाइनको बाटो हो । सदरमुकामबासीहरु त यो बाटोमा ओहोरदोहोर गर्न लागेको धेरै समय भइसक्यो । सदरमुकामबासीले यस्तो समस्या देखेर हैरानै भएका छन् । बजारबासीले यस्तो समस्या पचाई सके पनि गाउँगाउँबाट आउने सर्वसाधारण र अड्डा अदालत जाने हजारांै सेवाग्राहीहरु भने सदरमुकामकै बाटोमा यस्तो दुर्दशा देख्दा अचम्मित हुने गरेका छन् ।
जिल्ला विकास समिति रुकुममा काम विशेषले जान लागेका एक आठविसकोट–१ का एक सेवाग्राही प्रकाश गौतम खानेपानीका पाइप जथाभावी राख्दा आफू लडेर घाइते भएको बताउनुभयो । त्यस्तै घेत्मा–३ की विमला मल्ल पनि विद्यालयको काम सकेर घर फर्किदै गर्दा पाइपमा जिप्टिएर लडेको बताउनुभयो । खेमराज र विमला त उदाहरण मात्र हुन् । यस बाटोमा दैनिक ५ देखि ७ जना मान्छेहरु पाइपमा जेलिएर लड्ने गरेको एक व्यवसायीले बताउनुभयो ।
यस्तो समस्या जिप्रका सडक लाइन, बालमन्दिर ठाडो बाटो, सहिद मैदानदेखि खानेपानी कार्यालय जाने ठाडो लाइन, उच्च मावि खलंगाको बाटो लाइनलगायतका ठाउँका बाटाहरुमा यस्तो समस्या देखिएको छ । यसरी बाटोमै खानेपानीका पाइप तेस्र्याउनेमा केही घरबेटी, केही व्यवसायी र खानेपानीका कर्मचारीहरुको संलग्नता रहेको सदरमुकामबासीहरुको आरोप छ । यसरी खानेपानीका पाइप सदरमुकामकै मुख्य बाटोमा तेस्याइदा हजारांै सर्वसाधारणहरुलाई बाटोमा ओहोरदोहोर गर्न निकै सास्ती व्यहोर्नुपरेको छ ।
उक्त बाटोमा हिड्न बालबच्चा, अपाङ्ग र बृद्धबृद्धाहरुलाई निकै सास्ती हुने गरेको छ । विजयश्वरी बोडिङमा पढ्न विद्यार्थीहरु दैनिक लड्ने गरेका छन् । उक्त बोटोमा दैनिक रुपमा नेता, व्यवसायी, कर्मचारी, सर्वसाधारण, शिक्षकलगायत हजारांै ओहोरदोहोर गर्छन् । तर, कसैले कुरा उठाउन सकेका छैनन् । यसरी मुख्य बाटोमै खानेपानीका पाइप राखिदा निकै अप्ठेरो भएको जानकारी पटक–पटक गराउँदा पनि जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, मुसिकोट खानेपानी उपभोक्ता समिति, जिल्ला विकास समिति रुकुम र स्थानीय प्रशासन, रुकुम उद्योग वाणिज्य संघलगायत मौन रहेका छन् ।
पटक–पटक खानेपानीका पाइपलाई गाडेर वा उपयुक्त हुने गरी बिस्तार गर्न आफूहरुले जति आग्रह गरे पनि उल्टै आफूहरुलाई हप्काउने गरेको एक व्यवसायीले भने, ‘पाइप व्यवस्थित गर्न भन्दा उल्टै बढी बोले हाम्रै खानेपानीलाई काट्ने धम्की आउँछ, त्यसैले केही बोल्दैनौ ।’ उहाँका अनुसार सम्बन्धित सरोकारवालाहरुले यस्तो समस्या देखे पनि नदेखेझंै गरेका छन् ।