मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

गिरिराज नेपाली,
दाङ, कार्तिक २९ । कानुनले जातिय छुवाछुतलाई कानुनी रुपमा निषेध गरे पनि दलितमाथि अझै जातीय छुवाछुुत र विभेदका घटनाहरु रोकिएका छैनन्  । घोराहीमा लामो समयदेखि कोठा भाडामा वस्दै आएका एक दलित दम्पत्ति माथी घरवेटीले दलित हौ भन्दै घरबाट निकालिदिएका छन्  ।

शनिवार घोराही १० त्रिपुरा टोलका घरवेटी तारा प्रसाद रेग्मीले घरभाँडामा वस्दै आएका हरि प्रसाद परियार ‘कार्की’ र मेनका परिया कार्की  लाई  घरवेटीले रेग्मीले कोठा वाट निकाल्नु दिएका हुन ।  शनिवार दिउसो रेग्मीका घरमा पिडित दम्पत्तिहरुले कोठाका भाँडाँकुडा र लत्ताकपडा सारेर साँझ करिव साढे ५ वजे घरधनी रेग्मीले पिडित परिवार लाई ‘दतिल हौ’ भन्दै अन्यत्र कोठामा सार्ने दवाव दिई कोठाका सर–सामाना बाहिर निकालिदिएको पिडित मेनका परियारको भनाइ छ ।

आफुहरु लाई शनिवार कोठा सार्न रेग्मीले भने , हामीले पनि दिउसो कोठा सा¥यौ  । तर साँझ घरधनि रेग्मीले दलित लाई मैले कोठा दिन्न भने पछि हामीले रातीमा अन्यत्र कोठाको वन्दोवस्त गरी सामान राख्यौ । पिडित मेनकाले भनिन ‘एक रात वस्न दिनुस् , भोली कोठा सार्छाै भन्दा समेत घरधनिले हामील लाई दलितहरु भन्दै गाली वेजती गरेका आरोप छ । रेग्मी  र पिडित दम्पत्तिको सहमतिका मासिक  तिन हजार रुपैयाको दरले घरभाँडामा वस्ने सहमति भएको पिडित परिवारको भनाई छ ।

मेनका श्रीमान हरि प्रसाद परियारले हामी लाई जातकै आधारमा घरधनि रेग्मीले गालीगलोच गरी अपशव्द प्रयोग गरे । उनले भनिन ‘ तिमिहरु दलित हौ । मेरो घरमा कर्मकाण्ड गरेको छैन ।’  वुढी वितेको अझै ४५ दिन पुगेको छैन । कसरी दलित लाई कोठामा वस्न दिने भन्दै कोठाका सामान वाहिर निकाल भन्दै तथानाम गाली गरे । सामान सवै वाहिर सारे रातीमा हामीले अरुको घरमा  सामान राख्यौ । उनले पुनः भने ‘दलित लाई हामी लाई वस्न दिएका छैनौ ।  तिमिहरु प्नि दलित नै रहेछौ अन्यत्र कोठामा जाऔ भनि उनले हामी लाई घरवाट निकाल्दीए ।

उनले भने के हामीले दलित भएकै कारण अपमान र घृणा सहनु पर्ने हो । कोठा वस्न नपाउने हो ?  मुलुकले जातिय छुवाछुत र विभेद भए पनि समाज अझै दलितहरु माथि अन्याय र विभेदका घटनाहरु भईनै रहेका छन । कतै धर्म जोडिएका छन । भने कतै वोक्सी जस्ता कुसंस्कारी विचारका कारण दलित समुदाय अझै जातिय विभेदको शिकार वन्नु पर्ने वाध्यता छ । जातियका  लागि सडक देखी सदन सम्म चर्का नारा र संघर्ष पनि नभएका होईन । तर  जुन विचार राजनितिक आस्थामा मात्र सिमित छन ।

अधिकाश दलितहरु माथि धर्मका कारण जातिय विभेदका घटनाहरु खुल्याम हुने गरेका छन । तर नियमकारी निकाय सम्म अझै दलित समुदायमा हुने गरेका जातिय विभेदका उजुरीहरु पर्न सकेका छैन । त्यसैले  पनि दलित समुदाय जातिय विभेदको शिकार खेप्दै जानु पर्ने वाध्यता छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post