ओपेन्द्र बस्नेत,
दाङ, कार्तिक २९ । नुनको अभाव हुदैछ भन्ने हल्ला फैलिएपछि दाङमा सर्वसाधारण नागरिकले नुन खरिद गर्न थालेका छन् । सहरदेखि गाउँसम्म नुनको अभाव हुदैछ भन्ने हल्ला एकाएक फैलिएपछि नागरिकहरु गाउँका किराना पसलदेखि बजारका होलसेल पसलसम्म पुगेर आवश्यकता भन्दा बढी नुन खरिद गर्न थालेका हुन् ।
‘नुन बन्द हुनलाछ अब पाइदैन भन्ने कुरा परको दिदीले भने पछि झट्पट्ट दोकानमा गएर ४ कीलो नुन किने’, तुलसीपुर ५ निबासी रमा चौंधरीले भनिन् । चौंधरीका अनुसार छिमेकीहरुले ५ देखि १० कीलो सम्म नुन खरिद गरेर घरमा राखेका छन् । नुन अभावहुने हल्ला अझै केहि दिन सम्म चल्ने भएकाले नुनको कारोवारमा वृद्धि हुने व्यापारीले बताएका छन् ।
‘नुन पाइन्छ साउजी भन्दै ग्राहकहरु पसलमा किन्न आउँछन विक्रि गर्ने माल राखेर भएन, छ भन्दै दिन्छौ’, स्थानिय व्यापारी पुर्भान पुनले भने । आइतबार मात्रै व्यापारी पुनले ४८ कीलो ननु विक्री गरेका छन् । यता नेपाल साल्टटे«निङ करपोरेशन शाखा कार्यालय दाङले गलत हल्ला पछि नलाग्न सर्वसाधारणलाई अनुरोध गरेको छ । बजारमा नुनको अभाव हुदैछ भन्ने गलत हल्ला फैलीएका कारण उपभोक्ताले घरमा खाने नुन हुदा हुदै पनि स्टक राख्नका लागि खरिद गर्न थालेको भन्दै साल्टटे«निङले यस्तो आग्रह गरेको हो ।
दाङमा एक महिनालाई पुग्ने गरि नुन मौज्दात रहेको साल्टटे«निङ करपोरेशन शाखा कार्यालय दाङका प्रमुख आनन्द कुमार न्यौपानेले जानकारी दिए । केहि दिन अघि मात्रै भालुबाङ, घोराही, तुलसीपुरका डिलरहरुमा नुन वितरण गरेको भन्दै प्रमुख न्यौपानेले अहिले पनि गोदामा ९ हजार एक सय ९८ बोरा नुन मौज्दात रहेको बताए ।
उनका अनुसार आयोडिन युक्त, आयो नुन पाँच हजार र ढिका नुन ४ हजार बोरा छ । नुनको अभाव हुदैछ भन्ने हल्ला पूर्व भन्दा पनि नेपालगञ्ज कृष्णनगर र महेन्द्र नगरमा फैलिएको साल्टटे«निङले बताएको छ । मंगलबार तुलसीपुर, लमही र घोराहीका लागि एक हजार बोरा नुन नेपालगञ्जबाट आउन लागेको न्यौपानेले बताए ।