दाङ, कार्तिक २६ । दाङमा यसवर्ष राशायनिक मलको अभाव नहुने भएको छ । गहुँ छर्ने समयमा मलको अभावमा छटपटिने जिल्लाका कृषकहरुले ढुक्कसँग गहुँ छर्न पाउने भएका छन् ।
कृषि सामग्री लिमिटेडमा यसवर्ष कृषकहरुलाई आवश्यक पर्याप्त मल रहेकाले कृषकहरुलाई मलको अभाव नहुने कार्यालयले जनाएको छ । कार्यालय प्रमुख तिर्थ न्यौपानेले जिल्लामा २ सय २० टन युरिया र २ सय टन डिएपी आवश्यक पर्ने भन्दै हाल गोदाममा ३ सय ३० टन युरिया र २ सय ५० टन डिएपी रहेकाले मलको अभाव नहुने जानकारी दिनुभयो । समाचार गोरक्ष दैनिकले छापेको छ ।