दाङ, कार्तिक २७ । भुमिगत जलस्रोतको प्रयोग गर्दै आइरहेका जिल्लाका कृषकहरुले सरकारले आफूहरुलाई सहलियत नदिएको बताएका छन् । कृषि प्रधान देशका रुपमा परिचय दिँदै आएपछि कृषकहरुले राज्यबाट पाउनुपर्ने कनै पनि सेवा सुविधाहरु प्राप्त नगरेको बताएका छन् ।
ट्युवबेलबाट सिचाई गर्दै कृषिको विकास र बिस्तारमा लागेका कृषकहरुलाई स्रोतसाधन मर्मत गर्न, अनुदान दिने विषयमा कुनै पनि निकायहरुले सहयोग नगरेको बताएका छन् । भुमिगत जल सिचाई जिल्ला महासंघ दाङको दोस्रो साधारणसभा तथा अधिवेसन कार्यक्रममा बोल्ने वक्ताहरुले कृषि क्षेत्रको विकासका लागि भुमिगत जल स्रोतको प्रयोग गर्ने कृषकहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कृषक नरबहादुर केसीले कृषिको नाममा दुई मुरी धान फलाउन नसक्नेले सरकारबाट लाखांै रुपैयाको अनुदान पाइरहेको बताउनुभयो । यस्तै बेदुलाल सुवेदीले ट्युवेल सञ्चालनका लागि सरकारले विद्युतको महसुल मिनाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिपबोरिङको नियमित मर्मत सुधारका लागि लाखौं रुपैया लाग्ने भएकाले सरकारले त्यसमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
महासंघका अध्यक्ष लोकराज डाँगीको अध्यक्षता तथा भुमिगत जल सिचाई विकास डिभिजन कार्यालय लमहीका निमित्त प्रमुख गोपालबहादुर रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि रावतले भुमिगत जल स्रोतको प्रयोगलाई बढाउँदै लैजाने बताउनुभयो । त्यसको लागि सरकारले आवश्यक नीति निर्माणको तहमा प्रयास गरिरहेको भन्दै जिल्लामा प्रसस्त मात्रामा भुमिगत जल स्रोत रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा महासंघका सल्लाहकार जगत खड्का र कृष्णबहादुर केसी, दानबहादुर चौधरी, तेजबहादुर डाँगी र मेघबहादुर डाँगीले कृषकहरुको क्षमता विकासका लागि राज्यले ल्याएका कुनै पनि सेवा सुविधाहरु आफूहरुले प्रयोग गर्न नपाएको बताउनुभयो । संस्थाका उपाध्यक्ष मानसिंह पछाईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव खिमलाल डाँगीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रमको सहजीकरण पत्रकार नवीन अभिलाषीले गर्नुभएको थियो ।