ओमप्रकाश गुप्ता,
सिसहनिया, कार्तिक २८ । बालबालिकाहरुका लागि २ दिने उद्घोषणकला तालिम शनिबार सिसहनिया गाविस कार्यालयमा सम्पन्न भएको छ । बाल सञ्जाल सिसहनियाको आयोजना एवं सिसहनिया गाविसको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
बाल सञ्जालका उपाध्यक्ष वसन्तप्रसाद भण्डारीको अध्यक्षता एवं सिसहनिया गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले उद्घोषण तालिमको माध्यमबाट बालबालिकाहरुमा बोलीको विकास गराई दक्ष तथा कुशल उद्घोषक उत्पादन गर्ने र क्षमता तथा बौद्धिक विकास भर्ई बालमैत्रीको सुचक पुरा हुन विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, सामाजिक परिचालक विष्णुमाया चौधरी, प्रशिक्षक तथा पत्रकार ओमप्रकाश गुप्ता र सहभागीहरु रोशन कार्की, दिलमाया चौधरीलगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । १८ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पत्रकार ओमप्रकाश गुप्ता रहनुभएको थियो । तालिम समापन कार्यक्रमको सञ्चालन जि.एस थापाले गर्नुभएको थियो ।