मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

तुलसीपुर, कार्तिक २७ । रेडियो प्राविधिक संघ दाङले विजौरी—९ छिल्लीकोटमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । संघका कार्यवाहक अध्यक्ष माधव कडेलको अध्यक्षता तथा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्ण पुनको प्रमुख आतिथ्यता तथा रेडियो पाठशालाका स्टेसनम्यानेजर बामदेव देवकोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरु छिल्लीकोट क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण रहेको बताएका थिए । छिल्लीकोट पर्यटकीयस्थलका रुपमा रहे पनि जिल्लाका सरोकारवालाले महत्व नबुझ्दा समस्या रहेको बताएका थिए ।

कार्यक्रममा प्राविधिक संघका सदस्य हिमाल विश्वकर्मा, कालिका मालिका मन्दिरका कोषाध्यक्ष प्रविर पुन, सचिव ओमप्रकाश पुन, मन्दिरका पुजारी जनार्दन शर्मा, रेडियो पाठशालाका प्राविधिक कमल नेपाली, प्राविधिक सघंमा सहसचिव मिसान सुनार, रेडियो हाइवेका प्राविधिक एसवि मुस्कानलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव राजकुमार चौधरीले गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post