चुमा आचार्य,
लमही, कार्तिक २९ । लामो सयमदेखि स्तरवृद्धिको आशा रहेको लमही प्राथमिक स्वास्थ्य केन्द्र लमहीको अब भने स्तरवृद्धि निश्चित भएको छ । स्तरवृद्धिका लागि मन्त्रालयबाट स्वरवृद्धिको फाइल अनुमोदन गर्दै वजेट समेत विनियोजन गरेको गरेपछि स्वास्थ्य केन्द्रको स्तरवृद्धि निश्चित भएको हो ।
वर्षौदेखि स्तरवृद्धिको फाइल बोकी काठमाडाँै धाउँदै आएका यहाँका राजनीतिक दलहरु र सरोकारवालाहरुलाई अब भने सहज हुने भएको छ । उनीहरु एक दशकदेखि स्तरवृद्धिको पहल गर्दै आएको बताउँदै अब भने ढुक्क भएको बताउँछन् । एक नगरपालिका सहित ९ वटा गाविसहरुको ठूलो भूगोल ओगटेकाले देउखुरीमा स्वास्थ्य केन्द्रको स्तरवृद्धिको आवश्यता रहदै आएको थियो ।
यहाँ सरकारी तथा निजी स्तरवाट भरपर्दो स्वाथ्य सेवा नहुदा सामान्य विरामी हुँदा यहाँका नागरिकहरु छिमेकी जिल्लाहरु रुपन्देही, बाँके तथा भारतको लखनउ धाउदै आएका छन् । यहाँको स्वाथ्य उपचारलाई मध्यनजर गर्दै एकदशदेखि प्रत्येक वर्ष राजनीतिक दल, सरोकारवालाहरु फाइलहरु बोक्दै डेलिकशेनका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग डेलिगेशका लागि दौडधुप गरे पनि लामो समयदेखि फाइल पेनडाउमा रहदै आएको थियो ।