ओमप्रकाश गुप्ता,
देउखुरी, कार्तिक २५ । स्थानीय तह पुनर्संरचनामा सिसहनिया, लालमटिया गाविसमा गोवरडिहा गाविसलाई समेटेको र सिसहनियाबासीको सुझाव विना गाउँपालिकाको केन्द्र मौरीघाटमा राखेको भन्दै सिसहनिया उद्योग वाणिज्य संघको पहलमा बिहीबार एक टोलीले स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीको नेतृत्वमा गएको टोलीले स्थानीय विकास अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै एक दिनभित्रमा माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने र सिसहनिया गाविसका राजनीतिक दलहरुले गाविस वोर्डबाट राजिनामा दिई सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
साथै उनीहरुले आम सिसहनियाबासीको भावना विपरित जिल्ला विकास समिति र जिल्लाका केही राजनीतिक दलहरुले सम्बन्धित गाविसको सल्लाह विना सिसहनिया, लालमटिया र हाँसिपुर गाविसको १ र २ नम्वर वडालाई समेटे पनि गोवरडिहा गाविसलाई बाइपास गरी गएकाले सो प्रस्ताव तत्काल नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।