शरद रेग्मी,
दाङ, फागुण १९ । पश्चिम दाङमा विभिन्न सामाजिक संघसंस्थाहरुको आयोजनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्यको पहुच भन्दा टाढा रहेको पश्चिम दाङको बाघमारेमा सञ्चालन हुन लागेका शिविरले ग्रामिण भेगका जनताहरुलाई केही हदसम्म सहयोग पुग्ने अपेक्षा लिएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष विरु रावतले जानकारी दिनुभयो ।
साथै उहाँले स्वास्थ्यको पहुँच पु¥याउने उद्देश्यले पश्चिम दाङमा शिविर आयोजना गरेको समेत जानकारी दिनुभयो । भोलि बाघमारेको पेदा स्थित निमावि स्कूलमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर बिहान ९ वजेदेखि सञ्चालन हुने भएको छ । रोटरी क्लव अफ तुलसीपुर सिटी, रोट्रयाक्ट क्लव अफ तुलसीपुर र लायन्स क्लव अफ दाङको संयुक्त आयोजनामा हुन लागेको शिविरमा विभिन्न रोगहरुको परिक्षण र उपचार हुने व्यवस्था मिलाइएको रोट्रयाक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष सन्दिप रिजालले जानकारी दिनुभयो ।
शिविरमा तुलसीपुर सिटी हस्पिटल प्रालि र पाल्पालीको फर्मले प्राविधिक तथा व्यवस्थापनको जिम्मेवारी लिएका छन्, भने विभिन्न सामाजिक संघसंस्थाहरुले शिविरको आयोजना गरेको लायन्स क्लव अफ दाङका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच आयोजक संस्थाहरुले आम पश्चिम दाङबासीहरुमा स्वास्थ्य शिविरबाट लाभ लिनु हुन अनुरोध गरेका छन् ।