मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

गणेश आचार्य,
तुलसीपुर, फागुण १९ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले स्थानीय निकायको चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । मेची–महाकाली अभियानअन्तर्गत टरिगाउँमा भएको भेलालाई सम्बोधन गर्दै नेता पोख्रेलले स्थानीय निकायको चुनावमा एमाले पहिलो पार्टी बन्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताउनुभयो ।

बैशाख ३१ पछि सकेसम्म एमाले आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाउन पहल गर्ने र त्यो सम्भव नभए बहुमतका आधारमा सरकार बनाउने बताउनुभयो । स्थानीय निकायको चुनाव भएसँगै प्रचण्ड नेतृत्वको सरकारको औचित्य पनि समाप्त हुने पोख्रेललेको भनाई छ । नेता पोख्रेलले सरकारको नेतृत्व लिएसँगै एमाले अब आर्थिक क्रान्तिको बाटोमा अघि बढ्ने समेत बताउनुभयो ।

मुलुकको अर्थतन्त्र बलियो नभएसम्म देश विकासको कल्पना गर्न नसकिने भएकाले विकासका लागि आर्थिक क्रान्ति अपरिहार्य भएको उहाँले बताउनुभयो । साविकको टरिगाउँ गाविसका एमाले अध्यक्ष कमल केसीको अध्यक्षतामा भएको भेलालाई एमालेका केन्द्रीय सल्लाहकार कमिटी सदस्य छविलाल वली, एमाले दाङका अध्यक्ष टीकाराम खड्का, एमाले दाङका पूर्व अध्यक्षद्वय लक्ष्मण आचार्य, नरुलाल चौधरी, एमाले जिल्ला कमिटी सदस्यहरु उत्तरकुमार वली, विनोद शर्मा, देवराज विक, हुमबहादुर बस्नेत, समाजसेवी नवराज लामिछाने, युवासंघ दाङका सचिव डिल्ली डाँगीलगायतकाले बोल्नुभएको थियो ।

जिल्ला कमिटी सदस्य श्याम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सञ्चालन पूर्व जिल्ला कमिटी सदस्य अमित शर्माले गर्नुभएको थियो । समाचार गणतन्त्र दैनिकले छापेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post