मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी,
दाङ, कार्तिक २७ । ७२ वर्षको उमेरमा दुई किलोमिटर सडक निर्माण गर्ने दाङका चन्द्रवीर वलीको परिवारलाई सहयोग उठ्ने क्रम जारी छ । यसैक्रममा भैरहवा घर भई हाल अमेरिकामा बस्दै आउनुभएका पवन राणा र पुष्पा राणाले पठाएको २० हजार ६ सय ५० रुपैया तुलसीपुर–१ परेखोला निवासी वली परिवारलाई प्रदान गरिएको छ ।

रिपोर्टर्स क्लव दाङको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उद्योग वाणीज्य संघका अध्यक्ष बिमल रिजालले सहयोग रकम प्रदान गर्नुभएको हो । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक रकम हस्तान्तरण गर्दै अध्यक्ष बिमल रिजालले वलीको घरमा जस्ताको पाता (टिन) लगाउन आवश्यक पर्ने सम्पूर्ण खर्च तुलसीपुर उद्योग वाणीज्य संघले व्यहोर्ने समेत घोषणा गर्नुभयो ।

आवश्यकता अनुसारको सहयोग रकम खर्च गर्न सुझाव दिँदै अध्यक्ष रिजालले सानो सहयोग पनि वली परिवारका लागि ठूलो काममा सहयोग पुग्ने भन्दै सामाजिक परिवर्तनमा लागेका वृद्धलाई सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।

Abroad Study
«
Next
»
Previous
Older Post