शरद रेग्मी,
दाङ, कार्तिक २७ । दुई किलोमिटर सडक निर्माण गर्ने चन्द्रवीर वली परिवारको कथा समेटिएको खबर पहिलो पटक सार्वजनिक गर्ने पत्रकार ओपेन्द्र बस्नेत र पहाडको भिरालो ठाउँमा दुई किलोमिटर सडक एक्लै खनेर उदाहरणीय काम गर्ने दृष्टिविहीन परिवारका चन्द्रबहादुर वली र श्रीमती खुमा वलीलाई रिपोटर्स क्लव दाङले सोही कार्यक्रममा सम्मान एवं अभिनन्दन गरेको छ ।
क्लवका अध्यक्ष शरद रेग्मीले एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गर्नुभएको हो । अध्यक्ष रेग्मीले पत्रकार ओपेन्द्र बस्नेतले गरेको कामको प्रसंशा गर्दै आमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुले दुरदराजमा रहेका आवाजहिनका आवाजहरुलाई बुलन्द गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा तुलसीपुर उद्योग वाणीज्य संघका बरिष्ठ उपाध्यक्ष विरु रावत, पत्रकारद्वय ओपेन्द्र बस्नेत, बालाराम खड्कालगायतले बोल्नुभएका थियो ।