दाङ, कार्तिक २७ । नव युग बाल क्लव घोराहीले भैलोको रकम सामाजिक क्षेत्रमा लगाएको छ । दीपावलीको अवसरमा आयोजित देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट रक्त सञ्चार केन्द्र घोराहीलाई रक्तदान गर्ने कुर्सी र राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई यात्रुबेञ्च सहयोग गरेको हो ।
क्लवले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर सहयोग हस्तान्तरण गरेको हो । रक्तसञ्चार कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र दैनिकका कार्यकारी सम्पादक टीका बस्नेतले केन्द्रलाई एउटा कुर्सी र अस्पताललाई २ वटा कुर्सी हस्तान्तरण गर्नुभएको हो । क्लवका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले बालबालिकाहरुको उदाहरणीय कार्यको प्रसंशा गर्नुभएको छ ।
भैलोमा बिकृति फैलिदै गएको समयमा बालबालिकाहरुले भैलो खेलेर रक्तसञ्चार केन्द्र र अस्पताललाई सहयोग गर्नु समाजका लागि अनुकरणीय कार्य भएको भन्दै बस्नेतले बालबालिकाको सहयोगलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । आगामी दिनमा पनि सामाजिक कार्यमा निरन्तर लाग्न बालक्लवलाई आग्रह गर्दै उहाँले बालबालिकाको कार्यमा हातेमालो गर्न सबैलाई अनुरोध गर्नुभयो ।
क्लवका उपाध्यक्ष सुवर्ण बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र घोराहीका ईञ्चार्ज दिलिप न्यौपाने, केन्द्रका टेक्निसियन ठाकुर पौडेल, भ्यालिटप बोर्डिङ स्कुलका प्रिन्सिपल खगेश्वर भण्डारी, रेडियो झरनाका अनिता चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भैलोमा सहभागी कलाकार, स्वयंसेवक, नृत्य प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण सौरभ आचार्यले गर्नुभएको थियो ।