दाङ मंसिर ६ । सिचाई मन्त्री दिपक गिरीले दाङको भुमिमा सिचाई सुविधा बढाउनका लागि कार्ययोजना निर्माण गरेको बताउनुभएको छ । मन्त्री गिरीले दाङ जिल्लाको सम्पुर्ण विकासका लागि सिचाई सुविधालाई बढाउने विषय आफ्नो पहिलो योजना रहेको बताउनुभयो ।
घोराही–६ मसिनामा रहेको नागेश्वर महादेव मन्दिर परिसरमा निर्माण गरिएको गणेश मन्दिर र गौशालाको उद्घाटन गर्दै दाङमा प्रसस्त रुपमा खेतीयोग्य जमिन भएको जिल्लाका रुपमा रहेकाले सिचाई सुविधालाई भरपर्दो बनाउन कार्ययोजना बनाएर अगाडि बढेको बताउनुभयो । जिल्लाको धेरै भू—भागमा सिचाईको सुविधा नभएकाले मन्त्रीको हैसियतले पहल थालिरहेको उहाँको भनाइ छ ।
राजनीतिक विषयमा बोल्दै मन्त्री गिरीले सरकार संविधान कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । गिरीले त्यसका लागि सबै दलका नेताहरुसँग संविधान कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले छलफल गरिरहेको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री गिरीले संविधान कार्यान्वयनको विकल्प नरहेको बताउनुभयो । नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री गिरीले वर्तमान सरकार संविधान कार्यान्वयनमा लागिपरेको बताउनुभयो ।
संविधान कार्यान्वयमा राजनीति नगरेर सबै एकताका साथ अगाडि बढ्नुपर्ने भन्दै संविधान छिटो कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो । दाङ पाँचनम्वर प्रदेशको राजधानी हुने दावी समेत गर्नुभयो । प्रदेशको उच्च अदालत दाङमा स्थापना गरिएको भन्दै मन्त्री गिरीले पाँचनम्वर प्रदेशको उपयुक्त स्थान दाङ भएको भन्दै राजधानी बनाउनका लागि केन्द्रमा पहल भइरहेको बताउनुभयो ।
मन्त्री गिरीले नागेश्वर महादेव मन्दिरको विकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । साथै दाङको विकासका लागि लाग्न दङालीहरुलाई अनुरोध पनि गर्नुभयो । विकासमा दाङलाई समृद्ध बनाउँदै राजधानीका लागि सक्षम बनाउन आवश्यक भएको पनि उहाँको भनाइ छ । नागेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋखिराम कवरको अध्यक्षता कार्यक्रम भएको थियो । मन्दिर परिसरमा २ लाख ७५ हजारमा गौशाला र ४ लाख ५० हजारमा शिव मन्दिर निर्माण गरिएको हो । गौशाला र मन्दिर निर्माणमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
मन्दिर उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्रनम्वर ३ का सभापति भुपबहादुर डाँगी, क्षेत्रनम्वर २ का सभापति गिरिराज सुवेदी, नेकपा माओवादी केन्द्रका मधुसुदन अर्याल, प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तुलसी राना, पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम, स्थानीयबासी गोपाल शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष ज्ञानबहादुर रायमाझीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशव केसीले गर्नुभएको थियो । नागेश्वर मन्दिर परिसरमा करिव साढे ४ लाखको लगानीमा गणेश मन्दिर र २ लाख ७५ हजारको लगानीमा गौशाला निर्माण गरिएको मन्दिर निर्माण समितिले बताएको छ ।