अभिलाष राजभण्डारी,
घोराही, मंसिर ६ । अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च नेपाल दाङले विगत १८ महिनादेखि स्थानीयस्तरमा सञ्चालन गर्दै आएको स्थानीय विपद् व्यवस्थापनका विषयमा समीक्षा गरेको छ । दाङको घोराहीमा पत्रकार सम्मेलन गरी बितेको १८ महिनाको अवधीमा मञ्चले सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो ।
मञ्चले जिल्लाको लमही, डुरुवा, तुलसीपुरलगायतका क्षेत्रमा विपद व्यवस्थापन, अपाङ्ग तथा महिलाको क्षमता विकास र पूर्व सुचनाका बारेमा काम गरेको परियोजनाका कार्यक्रम निर्देशक चिन्तामणि पौडेलले जानकारी दिनुभएको थियो । परियोजनअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन तथा सम्पन्न गर्नका लागि ७७ लाख २० हजार भन्दा बढि बजेट खर्च भएको जानकारी गराइएको थियो । विपद् व्यवस्थापनका लागि विभिन्न भौतिक पुवार्धारहरु निर्माण, विपद् व्यवस्थापनका लागि चेतना अभिबृद्धिलगाएतका कार्यक्रमहरु सञ्चालन गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।
परियोजनाको असल अभ्यासका बारेमा सरोकार मञ्चले जिल्लाका सञ्चारकर्मीहरुको सहभागीतामा समीक्षा गरेको हो । मञ्चका महासचिव बासुदेव रिजालको अध्यक्षता तथा संस्थाका सल्लाहकार सविन प्रियासनको प्रमुख आतिथ्यतामा समीक्षा कार्यक्रम गरेको थियो । समीक्षा कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागीता रहेको थियो । समीक्षा कार्यक्रमको सहजीकरण शिव घर्तीले गर्नुभएको थियो ।