नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठका अनुसार ‘सिस्टममा समस्या आएका कारण’ विद्युत आपूर्ति बन्द भएको हो।
‘के भएको हो भन्नेबारेमा हामी बुझ्दैछौँ’, उनले भने, ‘केही समय लाग्ला।‘
अपडेट १ :
सोमबार साँझ पौने ६ बजेदेखि काठमाडौँ उपत्यका एक्कासी अन्धकार भयो।
नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले केही प्राविधिक कारणले सिस्टम कोल्याप्स भई राजधानी लगायत मध्य क्षेत्रको विद्युत आपूर्ति बन्द भएको जानकारी दिए।
'सिस्टम रिस्टोर हुन केही समय लाग्छ', घिसिङले भने, 'ग्राहकहरुले भोग्नुपरेको असुविधाका लागि माफी चाहन्छौँ।'
राजधानीमा तिहारदेखि घोषित लोडसेडिङको सेड्युलमा पनि विद्युत आपूर्ति काटिएको छैन। तिहारयता पूरै काठमाडौँ उपत्यका अन्धकार बनेको यो पहिलो घटना हो।
अपडेट २:
यो समाचार तयार पार्दा साँझ ६ बजेर २० मिनेटसम्ममा काठमाडौँका अधिकांश भागमा विद्युत आपूर्ति सुचारु भइसकेको ५।
