मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

रुकुम, मंसिर २३ । रुकुमको एक गाविसका बासिन्दाहहरुले गाविस सचिव गाउँमा आइपुगद खुसियाली मनाएका छन् । सरकारले गाउँ विकास समितिका सचिवहरुलाई गाउँमै बस्न बेलाबेलामा निर्देशन गरे पनि गाविस सचिवहरु विभिन्न बहानामा सदरमुकाममै बस्ने गरेको छन् ।

५ महिनापछि रुकुमको पश्चिमी क्षेत्र खोला गाउँमा गाविस सचिव गाउँमा पुगेपछि खुसियाली छाएको हो । स्थानीयले औपचारिक कार्यक्रमको आयोजना गरे र स्वागत मात्र गरेनन् आगामी दिनमा यस्तो नगर्न समेत अनुरोध गरे ।

तत्कालीन गाविस सचिव मानबहादुर खत्री सरुवा भएको ५ महिनापछि मात्र खोलागाउँमा गाविस सचिवको रुपमा गोविन्द बुढाथोकी पुगेको स्थानीय डिल्ली खत्रीले जानकारी दिए । बुढाथोकीले ५ महिनासम्म सदरमुकाममै बसेर काम गर्ने गरेका थिए ।
अनलाइन खबरबाट

Abroad Study
«
Next
»
Previous