आरके सितल,
नारायणपुर, मंसिर २३ । नारायणपुर खानेपानी तथा सरसफाई समितिले त्रिपुर नगरपालिका–२ झारवैरामा निर्माण गर्न लागको ओभरहेड ट्यांकीको बुधबारशिलान्यास गरिएको छ । ट्यांकीको सांसद राजु खनालले शिलान्यास गर्नुभएको हो ।
खानेपानी तथा ढल निकास विभागअन्तर्गत सहलगानी आयोजनामा निर्माण हुन लागेको साढे ४ लाख क्षमताको ओभरहेड ट्यांकीको बुधबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो । सो स्थानमा डिपबोरिङको काम भइरहेको छ, भने ओभरहेड ट्यांकीको शिलान्यास गरिएको हो । समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) को अध्यक्षता एवं सांसद खनालको प्मुख आतिथ्यता तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख चोकप्रसाद धिताल र नेपाली कांग्रेस दाङ क्षेत्रनम्वर ३ का सभापति भुपबहादुर डाँगीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै सांसद खनालले उपभोक्ताहरुको सक्रियतामा आयोजना सफल हुने भन्दै यसका लागि उपभोक्ताहरु सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो । खानेपानी डिभिजन कार्यालयका प्रमुख धितालले नारायणपुर क्षेत्रमा खानेपानीको विकास तीब्र गतिमा भएको भन्दै यसमा आफ्नो कार्यालयले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सदस्य कमल वली, कांग्रेस त्रिपुर सभापति दिपक पाण्डे, नेकपा क्रान्तिकारी माओवादीका पदमप्रसाद अधिकारी, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रावत, नेकपा माओवादीका भिमबहादुर विक, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम, नारायणपुर खानेपानीका सल्लाहकारहरु केशव पाण्डे, माधव पाण्डे, पूर्व सल्लाहकार मित्रप्रसाद दाहाल, मावि नारायणपुरका प्रधानाध्यापक टोपबहादुर केसी, नारायणपुर उद्योग वाणीज्य संघका अध्यक्ष गोपालप्रसाद लम्साल, मतावा महासंघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समितिका सदस्य सन्तोष केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अशोक शर्माले गर्नुभएको थियो । नारायणपुर खानेपानी समितिले एक महिनाभित्र बरुवागाउँमा पनि ओभरहेड ट्यांकीको निर्माण सुरु गर्ने समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) ले गर्नुभएको थियो ।