दाङ, मंसिर २३ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय छनोट अन्तर्गत बुधबार नेपालगन्जमा भएका विभिन्न खेलमा बाँकेले वर्चस्व कायम गरेको छ ।
बुधबार स्थानीय मंगलप्रसाद उच्च माध्यमिक विद्यालयमा भएको क्रिकेटमा बाँकेले बर्दियालाई ८६ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । २० ओभरमा ९ विकेट गुमाई १ सय ८४ रनको चुनौती दिएको बाँकेलाई बर्दियाको टोलीले पछ्याउन सकेन । जवाफ दिन फिल्डमा उत्रिएको बर्दिया ११ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा सीमित बनेको छ । बाँकेका सुवेन्द्र पाण्डेले सर्वाधिक ६६ रनको योगदान दिए । उनी अन्डर १९ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भइसकेका छन् । दाङ र सुर्खेतबीचको प्रतिस्पर्धा हुन बाँकी छ । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपालगन्ज रंगशालामा आयोजित फुटबलमा बाँके, बर्दिया, हुम्ला र सुर्खेत सेमिफाइनल प्रवेश गरेका छन् । बर्दियाले जाजरकोटलाई शून्यका विरुद्ध ७ गोल, हुम्लाले दाङलाई टाइब्रेकरमा ४–२ गोल र सुर्खेतले जुम्लालाई सडेन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । बाँके यसअघि मंगलबार नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालगन्जमा क्रिकेट, फुटबल र तेक्वान्दोलगायतका खेलमा प्रतिस्पर्धा भएको मध्यपश्चिम खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताए । उनका अनुसार अधिकांश खेलमा बाँकेको वर्चस्व रह्यो ।
प्यूठानमा भएको महिला भलिबल खेलमा जुम्लाले दैलेख, दाङले डोल्पा, जाजरकोटले हुम्ला, बाँकेले रुकुम, दाङले कालीकोट, प्यूठानले जाजरकोट र बाँकेले सुर्खेतलाई पराजित गरेका छन् ।
क्षेत्रीय खेलकुद विकास समितिका अनुसार बाँकेमा सुटिङ, पुरुष क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, जुडो, ब्याडमिन्टनलगायतका १० खेल सञ्चालन भइरहेका छन् । बर्दियामा महिला फुटबल, खोखो र कबड्डी सञ्चालन गरिएको छ । प्यूठानमा महिला भलिबल, रुकुममा पुरुष भलिबल र सुर्खेतमा कराँते, उसु र पुरुष कुस्तीका प्रतियोगिता सञ्चालन भएका छन् ।
दाङमा पुरुष बास्केटबल, टेबुलटेनिस, पुरुष बुद्धिचाल, पुरुष हेन्डबल र महिला क्रिकेट सञ्चालन गरिएको छ । खेलमा सबै विधामा करिब २ हजार ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता पुस १ सम्म सञ्चालन हुने समितिले जनाएको छ ।