नेपालगन्ज, मङ्सिर २३। बाख्रापालन व्यवसायमा लागेकी बाँकेको विकट गाविस फत्तेपुरकी साधारण लेखपढ गर्न जान्ने महिलाले ३० हजार महिलालाई उछिनेर स्वर्णिम प्रतिभा पुरस्कार’ जित्न सफल भएकी छन् ।
१ हजार १ सय वटा समूहका करिब ३० हजार महिलालाई उछिन्दै फत्तेपुर गाविस–८, मेहमानपुरकी बासमोती बुढा सन् २०१६ को उत्कृष्ट महिलामा परेकी छन् ।
थोरै सहयोग र लगानीबाट धेरै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्न सफल भएकोले बुढालाई सन् २०१६ को ७० हजार राशिको स्वर्णिम प्रतिभा पुरस्कारले सम्मान गर्न लागेको हेफर इन्टरनेसनलका सहकार्यक्रम निर्देशक दुर्गा केसीले बताए । कारोबार दैनिकमा समाचार छ ।
उनले बासमोतीजस्ता महिलाले गरेको प्रगतिबाट पाठ सिकेर अन्य महिलालाई पनि अघि बढ्ने प्रेरणा मिलोस् भन्ने उद्देश्य रहेको बताए । “राशि सानो भए पनि थोरै लगानी र सहयोगबाट धेरै गर्न सकिन्छ भन्ने देखाउनु नै यो पुरस्कारको मुख्य उद्देश्य हो,” केसीले भने । यसअघि गतवर्ष दाङ देउखुरीकी चन्द्रा रोका मगरले यो पुरस्कार पाएकी थिइन् ।
दुईवटा बाख्राबाट व्यवसाय सुरु गरेकी बासमोतीसँग अहिले ९ वटा ब्याउने बाख्रासहित १७ वटा बाख्रा रहेका छन् भने उनले एक वर्षमा ७ वटा खसी बिक्री गरिसकेकी छन् ।
“पुरानो चलनअनुसार बाख्रा पालन गर्दा सबै मरेपछि माया मारेर पाल्न छाडेकी थिएँ, घाँसको व्यवस्था गरेर व्यावसायिक रूपमा पाल्न थालेपछि फाइदा हुन थाल्यो,” उनले भनिन् “मेरो र परिवारको लगाव, मेहनत र इमान्दारिताको फल आज पाउन थालेको छु, पुरस्कार पनि मेरो परिश्रमको फल नै हो ।”
उनीसँग ५८ वटा लोकल कुखुरा र २ वटा भैँसी पनि छन् । भैँसीमा कृत्रिम गर्भाधान गरेपछि उनलाई फाइदा हुन थालेको छ । उनको वार्षिक आम्दानी बढेर २ लाख ५८ हजार पुगेको छ ।
उनले भनिन्, “छोराछोरीको शिक्षादीक्षा, लालनपालन, औषधि उपचार, घरखर्च सबै यसैले धानेको छ ।” विदेश गएका श्रीमान्लाई समेत रोजगार बालबच्चाको पालन पोषण र शिक्षादीक्षा दिन समस्या भएपछि बासमोतीले १ लाख ५० हजार ऋण लिएर श्रीमान्लाई कामका लागि कतार पठाएकी थिइन् । त्यहाँ राम्रो काम नपाएपछि उनका श्रीमान् मदन बुढा त्यसै फर्किए ।
अहिले उनका श्रीमान्ले उनको काममा सघाउँदै आएका छन्। “आफ्नै पहलमा श्रीमान्लाई समेत रोजगारी दिन सकेकोमा खुसी लागेको छ, अहिले श्रीमान् श्रीमती मिलेर काम गर्छौँ,” उनले भनिन् ।
बाख्रा व्यवसायबाट भएको आम्दानीले जेठी छोरीलाई जेटिए तथा एक छोरा र एक छोरीलाई नेपालगन्जमै राखेर क्याम्पस पढाइरहेकी छन् । आफूसँग भएको खेतीयोग्य जमिनमा समेत उनले घाँसखेती गरेकी छन् ।
“थोरै खेतमा मात्र धानखेती हुन्छ, बाँकी खेत र खेतको आलीमा कोषे घाँस रोपेका छौँ,” बासमोती बुढाले भनिन् “घाँसका लागि वनजंगल धाउनु पर्दैन, आफ्नै बारीमा प्रशस्त छ ।”
उनलाई यही मंसिर २३ गते एक कार्यक्रमका बीच हेफर इन्टरनेसनले पुरस्कार प्रदान गर्ने भएको छ ।