मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, पुस २९ । प्राविधिक शिक्षाको स्तरोन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने राष्ट्रनिर्माण धार्मीक महोत्सव एवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ को पहिलो दिन निकालिने शोभायात्राका लागि रुट निर्धारण गरिएको छ ।

महायज्ञ आयोजक मूल समितिको शुक्रबार बसेको बैठकले शोभायात्राका लागि रुट निर्धारण गरेको हो । पद्मोदय पब्लीक नमुना माध्यमीक विद्यालय घोराही–११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधिक शिक्षालय सञ्चालनार्थ ‘सबै धर्मबीच एकता, हामी सबैले बुझांै प्राविधिक शिक्षाको आवश्यकता’ भन्ने मुल नारामा साथ आयोजना गरिएको महायज्ञको पहिलो दिन हुने शोभायात्रा महायज्ञ स्तथबाट सुरु हुनेछ ।

महायज्ञ स्थलबाट सुरु भएको शोभायात्रा सहिद गेट, नेपाल बैंक, बैक रोड, शिव वस्ती, स्वर्गद्धारी एफ. एम, विपी चोक, ट्राफिक चोक, निमा हल रोड, दुर सञ्चार, नयाँ बजार, आर्मी ब्यारेक, बालमन्दिर चोक, दामोदर चोक, तुलसीपुर चोक, परिवार नियोजन हुँदै जिल्ला अदालतदेखि महायज्ञ स्थलमा शोभायात्रा पुग्ने महायज्ञका प्रचारप्रसार संयोजक सुदिप गौतमले जानकारी दिनुभयो ।

महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमितिहरु थप गरेको छ । बैठकले मेघराज सुवेदी संयोजक रहेको कलशयात्रा मूल्यांकन उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा हेमराज बञ्जाडे, माधवप्रसाद शर्मा, गोविन्द आचार्य, खड्गबहादुर बुढाथोकी, चन्द्रराज पन्त र मंगला श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै बैठकले गणेश अधिकारी संयोजक, श्रीमण न्यौपाने, चन्द्रराज पन्त, सञ्जय आचार्य, रामदयाल गुप्ता र माधवप्रसाद अधिकारी सदस्य रहेको जग्गादाता उपसमिति गठन गरेको छ । त्यस्तै बैठकले कृष्ण रिजाल संयोजक रहेको तुलादान उपसमिति, विष्णुराम आचार्य संयोजक रहेको धाञ्याचल उपसमिति गठन गरेको महायज्ञ आयोजक मूल समितिका कोषाध्यक्ष निशान्त आचार्यले जानकारी दिनुभयो ।

Abroad Study
«
Next
»
Previous